मयुर यातायात विवाद प्रकरण

‘सडकमा अब कसैको दादागिरी चल्दैन’

‘सडकमा अब कसैको दादागिरी चल्दैन’
+
-

काठमाडौं- यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात व्यवसायीको दादागिरी नचल्ने बताएका छन्। भट्टराईले भने, ‘हामी मयुर यातायातलाई दिएको रुट परमिट खारेज गर्दैनौं, विभाग पछि हट्दैन र अब उहाँहरुको दादागिरी चल्न दिइँदैन।’

सरकारले मयुर यातायातलाई बनेपासम्म गाडी चलाउने रुट परमिट दिएको बिरोधमा कोटेश्वरपूर्व गाडी चलाउने तेह्र यातायात व्यवसायीहरु बिरोधमा उत्रिएका छन्। चैत १ गतेबाट बनेपातर्फ सेवा सुरु गरेको मयुर यातायातलाई रोक्ने प्रयास बिफल भए पछि यातायात व्यवसायीहरु अन्दोलनमै उत्रिएका हुन्। उनीहरुले मयुरलाई दिइएको रुट परमिट खारेज गर्न माग गरेका छन्।

सरकार दबाव दिन यातायात व्यवसायीले आइतबार काभ्रे र भक्तपुरका ग्रामीण क्षेत्रमा गाडी चलाएनन्।

यातायात व्यवसायीले सार्वजनिक सवारी चलाउन लिएको रुट परमिट बमोजिम सवारी सञ्चालन नगरे रुट परमिट नै खारेज गर्ने यातायात व्यस्था विभागले चेतावनी दिएको छ।

यातायात व्यवसायी भने यातायात महासंघको आडमा आन्दोलन चर्काउने योजनामा छन्। कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानवासु आफूहरुको मागमा महासंघको सहयोग रहेको भन्दै सोमबार बिहान ९ देखि १० बजे सम्म कोटेश्वरपूर्व आफ्ना समितिका गाडीले सडक जाम गर्ने बताए।

सरकारले मागको सुनुवाइ नगरे चैत २१ कोटेश्वर पूर्व दिनभरिनै आफ्ना समितिका गाडीले सडक जाम गर्ने चेतावनी उनले दिए।

यता महानिर्देशक भट्टराईले कसैले सार्वजनिक सडकमा ‘गाडी’ राखी अवरोध गरे सार्वजनिक प्रशासन ऐन बमोजिम कारवाही गरिने बताएका छन्।

भट्टराईले ट्राफिक प्रहरीलाई सडकमा गाडी राखी अबरोध गर्नेको बिवरण दिन निर्देशन दिएको जानकारी दिँदै कुनै पनि सवारीले नियम विपरीत काम गरे कानून बमोजिम कारवाही गर्ने स्पष्ट पारे।

गृह मन्त्रालयले पनि यातायात व्यवसायीको आन्दोलनलाई लक्षित गर्दै काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका सिडियोलाई सार्वजनिक सडकमा अवरोध भए कडा कारवाही गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले पनि नियम बिपरित गर्नेलाई कानून बमोजिम कारवाही गरिने बताए।

के थियो विवाद?

लामो समयदेखि अरनिको राजमार्गमा सवारी चलाउने यातायात व्यवसायीले सडकमा दादागिरी गर्ने गरेको स्थानीयले आरोप लगाउँदै आएका थिए। स्थानीयको आरोप थियो, पुराना र थोत्रा गाडी चलाउँदै आएका व्यवसायीले सरकारले तोकेको भन्दा बढी भाडा लिने गरेका थिए। तर, यातायात व्यवसायी बढी भाडा लिएको आरोप निराधार भएको बताउँछन्।

अरनिको राजमार्गमा अहिले सम्म पनि २० वर्ष पुग्न लागेका पुराना गाडीहरु चल्ने गरेको यातायात व्यस्था विभागका कर्मचारीको पनि भनाइ छ।

३ महिनादेखि ४२ सिटे गाडीबाट काठमाडौं उपत्यका ‘चक्रपथमा’ सेवा दिँदै आएको मयुर यातायातलाई यातायात व्यवस्था विभागले बनेपा सम्मको रुट परमिट दिए पछि तेह्र यातायात व्यवसायी संस्थाको असन्तुष्टि चुलिएको थियो।

उनीहरुको आरोप थियो, आफ्ना संस्थाका गाडीहरुले यात्रुलाई सेवा दिईरहँदा यातायात व्यवस्था विभागले यात्रु चापका विषयमा अध्ययन नै नगरी रुट परमिट दिएको छ।

तर यातायात व्यस्था विभागका महानिर्देशक भट्टराई सरकारले निषेधको व्यवसाय नभएर प्रतिस्पर्धालाई प्रोत्साहन गर्न खोजेको बताउँछन्।

पुराना गाडी छोडेर मयुर यातायातमा यात्रुको चाप बढे पछि अज्ञात समूहले मयुरका ९ गाडीका शिशा फुटाएको थियो।

मयुर यातायातका उपाध्यक्ष चन्द्रलाल तामाङ पुराना समितिले एकलौटी कमाउँदै आएकाले यस्तो चुनौती स्वाभाविक भएको बताउँछन्। उनी भन्छन्, ‘हामीहरु यस्तो चुनौतीका लागि तयार थियौं र सरकारले पनि हामीलाई सहयोग गरेको छ।’

हाल मयुरले २४ नयाँ गाडीबाट सेवा दिँदै आइरहेको छ।

तामाङले भने, ‘कलंकी बानेश्वर हुँदै धुलिखेलसम्मको रुट परमिट माग गर्दै विभागमा निवेदन दिएका छौं। उनका अनुसार मयुर यातायात प्रालिको ५० गाडी थप्ने योजना छ।’

‘यातायातको क्षेत्रमा अब मनोमानी चल्दैन,’ भट्टराईले चेतावनी दिदैं भने, ‘कानुन बिपरित जाने जोसुकैले पनि कारवाही भोग्नु पर्नेछ।’

यो पनि पढ्नुहोस्

मयुर यातायातलाई गुड्न नदिन सिन्डिकेटले बन्द गर्‍यो गाउँ चल्ने गाडी

मयुर यातायातलाई गुड्न नदिन सिन्डिकेटले बन्द गर्‍यो गाउँ चल्ने गाडी

के ओली सरकारले तोड्न सक्ला सिन्डिकेटको जालो?

के ओली सरकारले तोड्न सक्ला सिन्डिकेटको जालो?

सिन्डिकेटबिरुद्ध कडा रुपमा ओर्लने सरकारको चेतावनी

सिन्डिकेटबिरुद्ध कडा रुपमा ओर्लने सरकारको चेतावनी

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’