मन्त्रीपिच्छे मन्त्रालय सुधार योजना, प्रचारबाजीमै सिमित

मन्त्रीपिच्छे मन्त्रालय सुधार योजना, प्रचारबाजीमै सिमित
+
-

काठमाडौं- तत्कालीन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रालय सुधारको मार्ग चित्र सार्वजनिक गरेको नौ महिनापछि रामबहादुर थापा बादलले पनि सोमबार गृहमन्त्रालय सुधारका ८२ बुँदे योजना सार्वजनिक गरेका छन्।

प्रभाकरले मन्त्रालयअन्तर्गतका हरेक विभागलाई सुधारका योजना बनाएर पेश गर्न निर्देशन दिएका थिए। प्रभाकरको यस्तो कार्यपछि उनले राम्रो प्रतिक्रिया पनि पाएका थिए। तर ती धेरै योजना काजगमै सिमित रहे।

‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने नारासहित बनाइएको कार्ययोजनामा प्रहरीको सरुवा बढुवामा सुधार, सीमालाई बलियो बनाउने, अध्यागमनमा सुधार गर्ने, इलाका र सीमा प्रशासन कार्यालयहरुलाई बलियो बनाउने लगायतका विषयहरु छन्।

नीतिगत र कानुनी सुधार, संगठनात्मक सुधार र रुपान्तरण, जनशक्ति व्यवस्थापन, सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्युनीकरण क्षमता अभिवृद्धि, अनुशासन र सदाचारिता प्रवर्द्धन र कार्ययोजना कार्यान्वायन अनुगमन र मूल्यांकनको उदेश्य राखिएको छ।

माओवादीले एमालेसँग सहकार्य गर्न थालेपछि कांग्रेस नेतृत्वको सरकाबाट प्रभाकरलगायत सबै माओवादी मन्त्री बाहिरिनु परेको थियो। प्रभाकर पुन मन्त्री बन्न प्रयाश गरेपनि बादल गृहमन्त्री बन्न सफल भएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?