सिन्डिकेट पक्षको माग बेवास्ता गर्दै बनेपामा चल्‍यो सुविधायुक्त गाडी

सिन्डिकेट पक्षको माग बेवास्ता गर्दै  बनेपामा चल्‍यो सुविधायुक्त गाडी
+
-

काठमाडौं-मयुर यातायातलाई दिइएको कोटेश्वर पुर्वको रुट परमिट खारेजीको माग गर्दै  ११ यातायात सम्बद्ध समितिले कोटेश्वरपुर्वमा गाडी नचलाएपछि सरकारले धुलिखेलसम्म यातायात कम्पनीलाई रुट परमिट दिने भएको छ।

अत्यावश्यक सार्वजनिक सेवामा अवरोध पर्‍याएपछि सरकारले नयाँ व्यवसायीलाई रुट परमिट दिने घोषणा गरेको हो। बनेपा सम्मको रुट परमिट लिएको मयुर यातायातले बुधबार देखि धुलिखेल सम्मै सेवा सुरु गरेको छ। मयुर यातायातका उपाध्यक्ष चन्द्रलाल तामाङले धुलिखेल सम्मको रुट परमिट लिएको जानकारी दिए।

काभ्रे प्रहरी प्रमुख सहकुल थापाका अनुसार बुधबार बनेपा र धुलिखेलसम्म मयुर यातायात बाहेक पनि महानगर, साझा, ओरेन्ज लगायतले सेवा सुरु गरेका छन्। ११ यातायात व्यवस्था समितिले सिन्डिकेट हुनु पर्ने भन्दै मयुरको परमिट खारेज गर्न माग गरिरहँदा सरकार भने सिन्डिकेट बिरुद्ध कडा रुपमा प्रस्तुत भएको हो।

यातायात व्यवस्था विभाग श्रोतले भन्यो, ‘हामी चाहन्छौं ११ यातायात व्यवस्था समितिमा आबद्ध व्यवसायीको रुट परमिट खारेज गर्नु नपरोस्।’ ‘विभागले केही दिन हेर्छ, उहाँहरुले गाडी चलाउनु भएन भने अत्यावश्यक सार्वजनिक सेवामा अवरोध गरेको कसुरमा कानुन बमोजिम रुट परमिट खारेज गर्नेछ।’

प्रहरी र प्रशासनका साथैं स्थानीय जनताको राम्रो साथ मिलेकाले गाडी चलाउन सहज भएको मयुर यातायातका तामाङको भनाई रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’