समस्यामा फेसबुक

झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको जानकारी चोरी भएको पुष्टि

झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको जानकारी चोरी भएको पुष्टि
+
-

झण्डै ९ करोड प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध रुपमा राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग भएको हुन सक्ने सामाजिक सञ्जाल फेसबुकले स्वीकार गरेको छ ।

८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्ब्रिज एनालितिकाले अवैध रुपमा प्रयोग गरेको फेसबुकले जनाएको छ । यो यसअघि सार्वजनिक गरिएको भन्दा धेरै हो । यसअघि व्हिस्लेब्लोअर क्रिस्टोफर वाइलीले पाँच करोड फेसबुक प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको बताएका थिए ।

फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लगबाट यो आँकडा बाहिर आएको हो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुले प्रयोगकर्ताको जानकारी सुरक्षाका लागि धेरै गरेको र अझै धेरै गर्न बाँकी रहेको बताएका छन् ।

प्रयोगकर्ताकोपत्रकार सम्मेलनमा जुकरबर्गले यसअघि फेसबुकले धेरै टुल्लस दिएको र प्रयोगकर्ताले नै त्यसको प्रयोग गर्दा ख्याल गर्नु पर्ने वा गर्छन् भन्ने सोचेको बताए । तर आफूहरुले राखेको सोच गलत साबित भएको र त्यसमै चुकेको उनले बताए ।

उनले आफूहरुको जिम्मेवारीका बारेको सोच फराकिलो बनाउनु पर्ने रहेछ भन्ने थाहा भएको भन्दै यसमा फेसबुक चनाखो रहेको जुकर बर्गको भनाई छ ।

उनले भने, ‘पहिला लाग्थ्यो हामीले टुल्स मात्रै बनाए हुन्छ, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार चलाउँछन् । तर होइन रहेछ, त्यसबाट आउने परिणामको सम्पूर्ण जिम्मेवारी पनि हामीले नै लिनु पर्ने रहेछ ।’

आन्तरिक रुपमा गरिएको अडिटबाट पछिल्लो समस्या बाहिर आएको पनि उनले बताए । युजर नेम, इमेल एड्रेस वा फोन नम्बर टाइप गरेर अरु प्रयोगकर्ता खोज्न मिल्ने फिचरका कारण धेरैले प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग गरिरहेको खुलेको उनले बताए । अहिले आफूहरुले त्यो सुविधामा कडाइ गरेको जुकरबर्गले बताएका छन् ।

प्रयोकर्ताको जानकारीफेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लग मार्फत पछिल्लो जानकारी बाहिर ल्याइएको हो । यो ब्लग अमेरिकाकोा हाउस कमर्स कमिटिको घोषणाको केही घण्टा पछि सार्वजनिक गरिएको हो । कमिटिले फेसबुकका प्रमुख जुकरबर्गले अप्रिल ११ भन्दा पहिले नै घटनाका सम्बन्धमा आफ्नो बयान दिनु पर्ने बताएको थियो ।

यसअघि सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्ने विषयमा गल्ती भएको स्वीकार गरेका थिए ।

क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप छ र फेसबुकले आफ्ना प्रयोगकर्ताका जानकारी सुरक्षित गर्न वा त्यसलाई अवैध काममा प्रयोग हुनबाट रोक्न नसकेको ।

फेसबुकमाथि प्रयोगकर्ताको जानकारीको सुरक्षा वा अरु विभिन्न विषयमा रहेर आरोप आएको यो पहिलो पटक होइन । तर यसपटक जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि भएको आरोपले समस्या थप जटिल बनेको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

सिएमाथि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा लिएको आरोप लागेपछि उसले आफ्ना प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बित गरेको छ ।

बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको थियो ।

फेसबुकमाथि हुने गरेको आलोचना नयाँ होइन तर पछिल्लो पटक प्रयोगकर्ताको जानकारी असुरक्षित मात्रै नभइ अनधिकृत रुपमा प्रयोग गर्न दिएको कुराले उसमाथिको दबाब अहिलेसम्मकै उच्च भएको छ ।

बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए ।

यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको थियो । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।

एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।

यो पनि पढ्नुहोस्

फेसबुकले स्वीकार गर्‍यो गल्ती, व्यक्तिगत विवरण असुरक्षित : अब के हुन्छ ?

फेसबुकले स्वीकार गर्‍यो गल्ती, व्यक्तिगत विवरण असुरक्षित : अब के हुन्छ ?

फेसबुकमाथिको अनुसन्धान सुरु, ब्रिफिङमा अनुपस्थित जुकरबर्ग

फेसबुकमाथिको अनुसन्धान सुरु, ब्रिफिङमा अनुपस्थित जुकरबर्ग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?