ग्रामीण बस्तीमा प्रभावकारी बन्दै ‘सुरक्षित गर्भपत’

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै ‘सुरक्षित गर्भपत’
+
-

डडेल्धुरा-केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन्।

विभिन्न खाले औषधि तथा घरेलु साधन तथा जटीबुटी प्रयोग गरी गर्भपतन गराउँदा विभिन्न समस्या भोगिरहेका महिला अहिले जिल्लामा रहेका स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गराएपछि गर्भपतन गराउनेको संख्या वृद्धि भएको हो।

विसं२०७३ मंसिरदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा लागू भएपछि यसलाई अझ प्रभाबकारी बनाउन आइपास नेपालले जिल्लाको भागेश्वरगाउँपालिका, परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु र गन्यापधुराका विभिन्‍न स्थानमा समूह गठन गरी सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन थालेकाले खुलेर गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको कार्यक्रम अधिकृत हीरा ऐरले जानकारी गराए।

यो आर्थिक वर्षबाट बहुउद्देश्यीय विकास समाजको आइपास नेपाल परियोजनाबाट सुरु गरिएको हेयभाव लान्छाना न्यूनीकरण कार्यक्रम संचालन भएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै आएको छ।

सामाजबाट लान्छना हुनसक्ने भयका कारण लुसकछिपी असुरक्षित गर्भपतन गराउँदै आएका महिला कार्यक्रम लागू भएपश्चात् खुल्न थालेको बगरकोट स्वास्थ्य चौकीका सेवप्रदायक आरती बोहराले बताए। यो वर्षदेखि सामाजिक सचेतना कार्यक्रम र सुरक्षित गर्भपतनका बारेमा समुदायस्तरमा नै सडक नाटक, तालीमपश्चात् गाउँमै गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जोगबुढा अस्पताले जनाएको छ।

सन्तानको इच्छा नभएका उमेर नपुगेका वा अवैध तरिकाले गर्भ रहन गएमा आधिकारिक वा तोकेको स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन गराउने व्यवस्था गरेसँगै ग्रामीण भेगमा पनि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिलबहादुर शाहीले बताए।

डडेल्धुरा जिल्लामा १२ वटा स्वास्थ्य संस्थामा निःशुल्क सेवा दिँदै आएको र नौ हप्तासम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगबुढा अस्पतालबाट यो सेवा उपलब्ध भइरहेको सरोकारवालाले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?