एअाईजीकी श्रीमती भन्दै ठगी, जागिर लगाइदिने नाटक

+
-

काठमाडौं-  राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ परेकी छिन्।  काठमाडौं प्रहरीले तनहुँको ब्यास-११ बस्ने ४० वर्षीया यमुना खड्कालाई पक्राउ गरेको हो।

खड्कासहितको स‌ंगठित समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो समूहले अार्मी र अनुसन्धानमा जागिर लगाइदिने शान्ती मिसन पठाइदिने र युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ठगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले जानकारी दिए।

समूहका  अन्य सदस्यमा मोहन दुरा , पशुपति अधिकारी र रमेश कुमाल छन्।

प्रहरीका अनुसार यो गिरोहले सिपाहीमा भर्ना गरेबापत प्रतिव्यक्ति २ लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेनामा पठाइदिनका लागि २ लाख रुपैयाँ लिने गरेको थियो।

दुराले आफूलाई नेपाली सेनाको जमदार तथा बहालवाला जर्नेलको पिएका रुपमा चिनाएर ठगीको जालोमा पार्ने गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?