प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

दाङमा मकै खेती पूर्ण यान्त्रिकिकरण

दाङमा मकै खेती पूर्ण यान्त्रिकिकरण
+
-

दाङ-राप्ती गाउँपालिका वडा नं. २ पाखापानि स्थित ५ विगाह ९ कठ्ठा जमिनमा मकै खेती गरिएको छ। ईच्छुक स्मृति कृषि सहकारी संस्थाले जग्गा लिजमा लिएर मकैको खेति सुरु गरेको हो।

पूर्ण मेसिनको प्रयोग गरेर मकै छरिएको छ।‘कृषिमा प्रविधि भित्रिएको छ। यही प्रविधिको प्रयोग गरेर मकै खेती सुरु गरेका हौं’सहकारी संस्थाका सञ्चालक भिमार्जुन सुवेदीले भने-‘जग्गालाई चक्लाबन्दी गरेर पूर्ण मेसिनबाट मकैको खेती गर्न सकिदो रहेछ। अहिले सम्म टुक्रे जग्गाले समस्या पारेको हो। हामि कृषि क्षेत्रवाट फट्को मार्न चाहन्छौं भने जग्गाको चक्लाबन्दी अति जरुरी छ।’

देउखुरीमा मकैको ब्यावसायिक खेती पूर्ण मेसिनबाट सुरु भएको छ। सहकारी मार्फत किसानहरु मकैको खेतिमा सकृय छन्।‘हामी मकै खेति गर्न सवै मेसिनको प्रयोग गरीरहेका छौं, जसले गर्दा सजिलो भएको छ’लमही नगरपालिका वडा नं. ८ का देवमणी चौधरीले भने–‘यो गाउँका ८० प्रतिशत मकै खेति गर्दै आएका हामि किसानले मकै छर्न, गोडमेल गर्न, ओकेरा लगाउन मेसिन प्रयोग गर्दै आएका छौं।’

देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन–मकै कार्यक्रम लागु भएपछि परम्परागत रुपमा मकैको खेति गर्दै आएका यहाँका किसानहरु पूर्णयान्त्रीकरण हुदै गएका हुन्।

जग्गा तयार पार्ने देखी लिएर मकैको दाना छोडाउने काममा मेसिनको प्रयोग हुने गरेको छ । जग्गा तयार पार्न कन्टीभेटर, तावा हलो, रोटा भेटर, पावर ट्रिलर जस्ता मेसिनको प्रयोग हुन्छ। मल छर्न हाते झोले मेसिन र सिडड्रिलको प्रयोग हुन्छ।

बिउ रोप्न सिडड्रिल ज्यापप्लान्टरको प्रयोग भैरहेको छ। मकै गोडमेल गर्न मिनि ट्रिलरको प्रयोग भैरहेको छ । मकैको दाना छोडाउन थ्रेसर मेसिन प्रयोग भैरहेको छ ।

सहकारी संस्थालाई कृषि यन्त्र अनुदानमा प्रदान गरिएको छ । जसले गर्दा किसानहरुलाई पूर्ण यान्त्रीकरण हुन सजिलो भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ मकै सुपरजोन कार्यालयका कृषि अधिकृत पिताम्बर बस्नेतले जानकारी दिए।

‘मकै खेतिमा पूर्ण मेसिनको प्रयोगमा गएका छौं, मेसिनको प्रयोगबाट उत्पादन बढाउन सकिने हुदा किसानहरुको आकर्षण यस प्रति छ’बस्नेतले भने–‘हामिले किसानहरुलाई सहकारी मार्फत सहयोग गरिरहेका छौं, अनुदानमा मेसिन औजारहरु प्रदान गरेका छौं । त्यसको प्रयोग किसानहरुले मकै खेतिमा प्रयोग गरीरहनु भएको छ।’

बिस्तारै मकै खेतिको क्षेत्र बिस्तार गरिने उनले बताए। देउखुरीमा एक वर्षमा तिन सिजनको मकै खेती हुन्छ । हिउदे मकैको खेति कात्तिक देखि मंसिर महिना भित्र, बसन्ते मकै चैत देखी बैशाख महिना भित्र र वर्षे मकै जेठ देखि असार महिना सम्म गर्न सकिन्छ।

देउखुरीको तिन हजार हेक्टर जमिनमा मकैको खेति हुदै आएको छ । हिउँदे मकै ६ सय हेक्टरमा, बसन्ते मकै ३ सय हेक्टरमा र बर्षे मकै २१ सय हेक्टर जमिनमा खेति हुदै आएको कृषि अधिकृत बस्नेतले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?