किशोरीमाथि जबर्जस्ती गर्न रोक्दा परिवारमाथि नै आक्रमण

किशोरीमाथि जबर्जस्ती गर्न रोक्दा परिवारमाथि नै आक्रमण
+
-

जनकपुरधाम- महोत्तरीको औरहीमा युवकले जवर्जस्ती गर्न लाग्दा किशोरीलाई बचाएको एक परिवारमाथि आक्रमण भएको छ। आक्रमणमा परी एकै परिवारका ४ जना घाइते समेत भएका छन्।

महोत्तरीको औरही नगरपालिका ८ मा एक किशोरीलाई जवर्जस्ती गर्न लागेका युवकलाई पक्राउ गर्न खोजेको परिवारमाथि राति १२ बजे आक्रमण भएको प्रहरीले जनाएको हो।

राति आएको १०/१२ जना समूहले आक्रमण गर्दा स्थानीय वडा सदस्य २६ वर्षीय संजिव यादव, ४५ वर्षीय सत्यनारायण यादव, २४ वर्षीया संजु यादव, ४५ वर्षीय लिलादेवी यादव घाइते भएका छन्।

शुक्रबार साँझ स्थानीय विजय चौधरीले छिमेकी एक किशोरीलाई वनमा लगी जबर्जस्ती गर्न लाग्दा वडासदस्य सञ्जीव यादवसहित किशोरीका आफन्तले पक्राउ गर्न खोज्दा चौधरी भागेका थिए।

किशोरीलाई जवर्जस्ती गर्न नपाएको निहुँमा चौधरीसहितका समूहले संजीव यादवमाथि खुकुरी प्रहार गरेको बताइएको छ।

घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको र घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?