ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा गरे आत्मसमर्पण

ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा गरे आत्मसमर्पण
+
-

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्वाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति लुलाले शनिबार अबेर आत्मसमर्पण गरेका हुन् ।

उनले आफूमाथिको आरोप राजनीतिक रुपमा प्रेरित रहेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर सर्वोच्च अदालतले सिल्वाले जेल सजाय भोग्नु पर्ने बताएको थियो ।

उनले केही हिनामिना भएको स्वीकार गरे पनि आफ्नो अपिलका चलिरहेका बेला जेल बाहिर नै रहन पाउनु पर्ने माग गरेका थिए । सिल्वाले आफूमाथि राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको उनको दाबी छ ।

आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा आफूलाई प्रतिस्पर्धा गर्न नदिने योजनाको हिस्सा रहेको उनको भनाई छ । सर्वेक्षणमा सिल्वा राष्ट्रपतिको सबै भन्दा बलियो उम्मेदवार रहेको देखिने गरेको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्वाले आफूमाथि लागेका आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताउँदै आएका छन् । तस्बिर ; एएफपी/गेट्टी इमेज

सर्वोच्च अदालतले म्याराथन सेशनमा सिल्वाको मुद्दा हेर्दै जेल बाहिर रहन पाउनु पर्ने उनको माग खारेज गरेको थियो । ७२ वर्षका सिल्वा सन् २००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति थिए ।

सिल्वा दुई दिनसम्म आफ्नो साओ पाओलो नजिक रहेको गृह नगरमा बसे । उनका समर्थकले अदालतको फैसला विरुद्ध प्रदर्शन गरेका थिए भने विरोधीले जेल हाल्न माग गरेका थिए ।

सिल्वा शनिबार अबेर आफ्नो कार्यालयबाट बाहिर निस्किए अनि प्रहरीको कारमा चढेर गएका हुन् । उनका समर्थकले कारलाई सुरुमा जान दिएका थिएनन्, तर उनको आग्रहपछि समर्थक पछि हटेको बिबिसीले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा जेल जानु पर्ने

ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा जेल जानु पर्ने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?