
काठमाडौं- काठमाडौं प्रहरी परिसर प्रमुख भएर आएयता होटल तथा लजमा लगातार छापा मारिरहेका वरिष्ठ प्रहरी उपरिक्षक- एसएसपी विश्वराज पोखरेलले यसलाई निरन्तरता दिईरहेका छन्।
परिसरको टोलीले अहिले कलंकीका होटल तथा लजमा छापा मारिरहेको छ। परिसर प्रमुख पोखरेलले फरार अभियुक्त तथा प्रतिवादीको सुचीसहित प्रहरीले छापा मारिरहेको जानकारी दिए।
‘ फरार अपराधी तथा प्रतिवादी लज तथा होटलमा लुकेर बसेको हुन सक्ने आशंकामा हामीले छापा मारिरहेका छौं’, उनले भनें