नयाँ तथ्य

हाम्रो शरीरको आधा भन्दा बढी भाग मानव होइन

हाम्रो शरीरको आधा भन्दा बढी भाग मानव होइन
+
-

वैज्ञानिकले भनेका छन्, हाम्रो शरीरको आधा भन्दा बढी भाग मानव होइन । मानव शरीरका कोश मध्ये ४३ प्रतिशत मात्रै मानव रहेको र बाँकी कोशको निर्माण माइक्रोसकोपिक कालोनिस्ट्सबाट बनेको पाइएको वैज्ञानिकले उल्लेख गरेका छन् ।

हाम्रो शरीरको आधा भन्दा बढी भाग माइक्रोबायोमा रहेको थाहा पाएपछि विभिन्न रोगको तीव्र रुपमा फेरिँदै गएको स्वरुपका बारेमा जानकारी लिन सजिलो भएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

मानव शरीरमा आफ्नो स्वरुप तीव्र रुपमा बदल्दै गएका एलर्जीदेखि पार्किन्सनस् सहितका रोगको अवस्थाका बारेमा जानकारी पाउन सजिलो भएको वैज्ञानिकको भनाई छ ।

अनुसन्धानबाट हाम्रो शरीर हाम्रो मात्रै नरहेको थाहा भएको अनुसन्धानमा संलग्न वैज्ञानिक तथा म्याक्स प्लान्क इन्स्टिच्युडको माइक्रोबायोमा विभागका निर्देशक प्रोफेसर रुथ लेले बताएका छन् ।

उनले भने, ‘हाम्रो शरीर पूर्ण रुपमा हाम्रो होइन तर हाम्रो नभए पनि ती कोश हाम्रो स्वास्थ्यका लागि महत्वपूर्ण छन् ।’

जति धोए, पखाले पनि मानव शरीरको कुना कुना माइक्रोसकोपिक जीवले भरिएको हुने उनले बताए । यस्ता जीवमा ब्याक्टेरिया, भाइरस, फङ्गी र आर्किया (जसलाई पहिले गलत रुपमा ब्याक्टेरिया भन्ने गरिएको थियो) रहेका छन् ।

यस्ता सुक्ष्म जीवको बढी मात्रा अक्सिजनबाट वञ्चित रहेका हाम्रो शरीरका भित्री भागमा रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

अनुसन्धानमा संलग्न वैज्ञनिक तथा युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगोका प्रोफेसर रोब नाइटले भने, ‘हामी मानवको तुलनामा माइक्रोब (सुक्ष्म जीव) बढी हौँ ।’

पहिले हाम्रो शरीरमा रहेका कोश र सुक्ष्म जीवको अनुपान १० मा १ मानिएको थियो । तर पछिल्लो अनुसन्धानले झण्डै एक मा एक कै अवस्था देखिएको अनुसन्धानकर्ता नाइटले बताए ।

अनुवंशिक रुपमा मावन शरीर थप उल्झनमा रहेको वैज्ञानिकले बताएका छन् । खानपानका कारण शरीरमा माइक्रोबायोमा बढ्ने गरेको पाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?