
काठमाडौं- बलात्कारीलाई संविधानमा नै फाँसीको सजाय हुनु पर्ने माग गर्दै महिला अधिकारवादीहरुले राजधानीमा प्रदर्शन गरेका छन्।
उनीहरुले बानेश्वरदेखि माइतीघर मण्डलासम्म बलात्कारीविरुद्ध चर्को नारा लगाउँदै फाँसीको सजाय दिनु पर्ने भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफै बनौ, बलात्कारीलाई फाँसी नै चाहन्छ भनौँ, बलात्कारीलाई फाँसी दे, रेज भ्वास अगेन्सड रेप’ लगायतका ब्यानर बोकेका थिए।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:
तस्बिरहरु- बर्षा शाह/देश सञ्चार