मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गको औपचारिक उद्घाटन

मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गको औपचारिक उद्घाटन
+
-

सिन्धुपाल्चोक – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गको औपचारिक उद्घाटन भएको छ । अम्बाथान–ग्यालथुम खण्ड सुरुङको बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री बीना मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यो खण्डको सुरुङ मंगलबारनै खनिसकिएको भएपनि औपचारीक उद्घाटन भने बिहिबार मात्रै भएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथान मुहानबाट सुन्दरीजलसम्मको २७.५ किमी सुरुङको भुईँ ढलान, फिनिसिङ, वैकल्पिक पाइपलाइनजस्ता काम बाँकी छन्।

आयोजनाले दोस्रो चरणको तयारी समेत अगाडि बढाएको छ। याङग्री र लार्के खोलामा दैनिक १७/१७ करोड लिटर गरि ३४ करोड लिटर पानी थप गर्न डिजाइन परामर्शदाता छनोट गरि काम अगाडि बढाइएको छ। यहि आर्थिक वर्षभित्रमा डिजाइन तयार हुने र बजेट व्यवस्था भएमा आउँदो आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने आयोजना प्रमुखले बताए।

सन् २०१० को जुन महिनाबाट निर्माण सुरु भएपनि काम सुस्त भएपछि ३ वर्षको अवधिमा जम्मा ६.५ किलोमिटर मात्रै सुरुङ खनेपछि २०१२ मा यो निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएको थियो। चिनियाँ ठेकेदार चाइना रेल्वेसँगको सम्झौता तोडेपछि इटालियन कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो । आयोजनाको कूल लागत २७ अर्ब ७६ करोड रहेछ। जसमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे लगानी छ ।

२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर आयोजनाको बिस्तृत अध्ययन सुरु भएको थियो ।

              यो पनि पढ्नुहोस्

काठमाडौँले चाँडै पाउँदै छ दैनिक १७ करोड लिटर पानी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?