
‘अष्ट्रेलियन रिसर्च सेन्टर अफ एक्सीलेन्स फर नैनोस्केल बायो फोटोनिक’ का युवा शोधकर्ताको समूहले एउटा “क्लिप अन” नामक उपकरण बनाएका छन् ।
यो उपकरणका माध्यमले कुनै पनि ‘स्मार्टफोन’ लाई तत्कालै पूर्णतया कार्यात्मक सूक्ष्मदर्शीमा परिणत गर्न सक्छ । यति मात्र होइन, “क्लिप अन” को मद्तको कुनै पनि ‘स्मार्टफोन’ बाट सरल र सहज हिसाबले ‘३–डी’ ‘प्रिन्ट’ पनि गर्न सकिन्छ ।
यस अनुसन्धानलाई वैज्ञानिक ‘जर्नल साईंटिफिक रिपोर्टस’मा भर्खरै प्रकाशित गरिएको छ । यस ‘स्मार्टफोन’ सूक्ष्मदर्शीबाट सूक्ष्मजीव पशु कोशिका, पादपको कोशिका, रक्तकोशिका, कोशिकाको ‘न्यूक्लियस’ समेत कुनै पनि वांछित परीक्षण गर्न लागिएको ‘सैम्पल’ लाई मिलीमिटरको १÷२०० भाग सम्म दुरुस्त जाँच बुझ गर्न सकिन्छ ।
अब तपाईको हातमा रहेको ‘स्मार्टफोन’को उपयोगिता झन बढ्दो छ । विज्ञानको विद्यार्थी हुँदा प्रयोगशालामा प्रयोग गरेको सूक्ष्मदर्शी अब तपाईको हात हातमा हुनेछ । “क्लिप अन” तकनीकलाई अद्वितीय भने पनि हुन्छ ।
यस प्रविधिमा कुनै बाह्य शक्ति अथवा प्रकाश श्रोतको आवश्यकता पर्दैन । कुनै पनि ‘स्मार्टफोन’मा यसलाई सजिलै उपयोग गर्न सकिन्छ । यसको गुणवत्ता ‘हाई स्पीड माइक्रोस्कोपिक’ रहेको छ । यस प्रविधिलाई स्वतन्त्ररुपमा सबैका लागि उपलब्ध गराउनतिर शोधकर्ता टीम प्रयास गरी रहेको छ ।
‘आइएमआईटी’ विश्वविद्यालय र ‘सीएनबीपी’का अनुसंधानकर्ता डा. एन्टोनी आर्थ भन्नु हुन्छ, ‘एउटा वैज्ञानिक उपकरणका रुपमा यस तकनीकमा प्रचुर संभावना छन, आधुनिक चिकित्सा उपकरण नपुगेको ग्रामीण, पहाडी क्षेत्रमा तपाई यसको प्रयोग गर्न सक्नु हुन्छ, विश्वभरिमा अहिले पनि यस्ता अनेकौं क्षेत्र र भूभाग छन् जहाँँ अहिले सम्म ‘माइक्रोस्कोप’ पुग्न सकेको छैन ।’
“स्मार्टफोन” को क्यामराको फ्लैश लाइट कुनै वस्तुमा मात्र अगाडीबाट प्रकाश दिने काम गर्छ । तर “क्लिप अन” तकनीकमा आंतरिक प्रदीप्त सुरुङ्गका माध्यमले प्रकाशलाई यसरी निर्देशित गरिन्छ जसले क्यामराको फ्लैशले उत्पन्न हुने प्रकाश कुनै पनि वस्तुलाई अगाडीबाट मात्र होईन पछाडीबाट समेत प्रकाशित गर्छ ।
“क्लिप अन” का शोधर्काका अनुसार “स्मार्टफोन” को फ्लैशले राम्रोसंग प्रकाश दिन्छ भने बाह्य प्रकाशको आवश्यकता नै किन ?
वाह्य प्रकाशको आशय चिम, ट्यूवलाइट अथवा विजुलीका अन्य उपकरण । शोधकर्ताका अनुसार बिजुलीको श्रोतको प्रकाशले “ क्लिप अन ” प्रणालीलाई झनै जटिल, गाह्रो एंवम् पेचीलो बनाउँछ । साथै यस्तो किसिमको बाहिरी प्रकाशलाई समायोजित गर्न बढी झन्झटिलो हुुन जान्छ ।
“ क्लिप अन” को डिजाइन सरल छ । र यसको कार्यप्रणाली पनि सरल छ । यस प्रविधिमा कुनै प्रकारको वाह्य प्रकाशको आवश्यकता नै पर्दैन, जसले गर्दा यसको कुनै अन्य खर्च छैन र प्रयोग गर्न केही अप्ठेरो पनि छैन ।
“क्लिप अन” तकनीकले “३–डी. प्रिन्ट”को सुविधा पनि दिन्छ । यसले गर्दा चिकित्सा क्षेत्रको कुनै पनि व्यक्तिले यसको सहज उपयोग गरी बिरामीलाई सेवा सुविधा दिन सक्दछन ।
शोधकर्ताहरुका अनुसार “क्लिप अन” उज्यालो अथवा अध्यारो दुबै परिस्थितीमा “माइक्रोस्कोपिक” क्षमता प्रदर्शित गर्न सक्छ । उज्यालोमा “स्मार्टफोन” मा जडान गरिएको “क्लिप अन माइक्रोस्कोपले” “सैम्पल” को प्रकाशित पृष्ठभूमिलाई प्रदर्शित गर्छ भने अध्यारोमा “सैम्पल” को “डार्क” पृष्ठभूमिलाई प्रदर्शित गर्छ ।
“ स्मार्टफोन” जस्तो सानो उपकरणमा यस्तो क्षमतावान “माइक्रोस्कोप” हुनु अत्यन्त लाभप्रद हुन्छ, साथै यसले यस क्षेत्रका “टेक्निशियन” हरुको कार्यक्षमता र कार्यकुशलतामा पनि आशातीत वृद्धि गर्छ ।
यस प्रविधिको उपयोगले पानीको गुणवत्ता जाँच्न, रक्त परीक्षण, पर्यावरणीय अवलोकन एवम् प्रारम्भिक बिमारी परीक्षण सजिलै गर्न सकिन्छ ।
शहरका ठूल्ठूला अस्पतालहरुमा, प्रयोगशालाहरुमा शक्तिशाली “माइक्रोस्कोप” उपलब्ध हुन्छन् । तर दूरदराजका स–साना बस्ती, गाउँ, मा “माइक्रोस्कोप” को सुविधा पुगेको हुन्न ।
यस्ता बस्ती र गाउँहरुका लागी यो प्रविधि वरदान सावित हुनेछ । “क्लिप अन” प्रविधिबाट पिउने पानीकोजाँच देखी लिएर रगतमा भएको परजीवीको जाँच गर्न सकिन्छ । यसबाट रोग परीक्षण र निदानमा सहयोग प्राप्त हुन्छ । तपाई आफ्नो रगत नमुना को “३–डी प्रिन्ट” कुनै प्रयोगशाला अथवा अस्पतालमा पठाउन सक्नु हुन्छ । रगत परीक्षणका लागि धाई राख्नु पर्दैन ।
यस तकनीकलाई विश्वभरी सहज सुलभ गराउने हेतुले यसका शोधकर्ताहरुले सूक्ष्मदर्शी “क्लिप अन” को “३–डी प्रिन्टिग फाइल” सहजरुपमा उपलब्ध गराएका छन । सीएनबीपीको वेबसाइटबाट यो निशुल्क “डाउनलोड” गर्न सकिन्छ ।
कुनै पनि “स्मार्टफोन” प्रयोगकर्ताले यस “स्मार्ट फोन” सूक्षमदर्शीको उपयोग आफ्नै फोनबाट गर्न सक्छ । शोधकर्ताहरुले कैयन चिकित्सकीय क्षेत्रमा यसको सफल परीक्षण समपन्न गरी सकेका छन् । कैयन क्षेत्रमा परीक्षण भईरहेको छ ।
आशा गरौं छिटै नै तपाईको हातमा हुने “स्मार्टफोन” एउटा “इलेक्ट्रान माइक्रोस्कोप” को पनि कार्य गर्नेछ ।