
चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्षको दिन शनिबार बन्द नहुने भएको छ ।
हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक नयाँ वर्षको दिन शनिबार दिनभरि खुल्ला रहने आयोजनाका प्रमुख गोविन्द खनालले जानकारी दिए ।
नयाँ वर्षको दिन सबैलाई सजिलो होस् भनेर बाटो बन्द नगर्ने निर्णय गरिएको उनले जानकारी दिए । आइतबार वैशाख २ गतेदेखि भने पहिलेजस्तै १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरी काम गरिने आयोजना प्रमुख खनालले बताए ।
बाटोको अहिलेसम्म ८८ प्रतिशत काम सकिएको छ । पछिल्लो पटक थप गरिएको समय अनुसार आउँदो मे ३० सम्म निर्माणको काम सकिसक्नु पर्ने छ ।