जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नयाँ वर्ष २०७५को शुभकामना सन्देश दिएका छन्।
प्रदेश २ को प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीमा नयाँ वर्ष २०७५ को शुभकामना सन्देश दिएको हो।
शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा मधेश आन्दोलनमार्फत एेतिहासिक उपलब्धीसँगै प्रदेशमा आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र प्रदेशलाई आत्मनिर्भर बनाउने उल्लेख छ।
शुभकामना सन्देशमा प्रदेश २ मा रहेको प्रचूर सम्भावनाको उपयोग गरेर प्रदेशमा सुशासन कायम गर्दै समृद्ध एवं समुन्नत बनाउने समेत उल्लेख छ।