डिपिएल

ट्यालेन्ट हन्टबाट छनौट खेलाडीले एउटै खेल खेल्न पाएनन्

ट्यालेन्ट हन्टबाट छनौट खेलाडीले एउटै खेल खेल्न पाएनन्
+
-

धनगढी- क्रिकेटको शहरको उपमा पाएको धनगढीमा धनगढी प्रिमियर लिग२ भव्यताका साथ सम्पन्न भयो।

धनगढी प्रिमियर लिग (डिपीएल) मा नेपाली खेलाडी बाहेक, युएई, हङकङ, ओमानका राष्ट्रिय खेलाडी र भारतका रणजी र आईपिएल खेलेका खेलाडी पनि सहभागी थिए।

देश विदेशका लाखौ दर्शक टेलिभजन, फेसबुक लगायतका माध्यमबाट डिपिएल सँग जोडिएका थिए।

डिपिएल आयोजन धनगढी क्रिकेट एकेमेडीले प्रतियोगितामा सहभागी हरेक टिमले ७ नम्बर प्रदेशका कम्तिमा एक जना नयाँ खेलाडीलाई टिममा राख्नु पर्ने नियम बनाएको थियो। माघ २१ र २२ गते ट्यालेन्ट हण्टबाट ७ नम्बर प्रदेशका १२ जना नयाँ प्रतिभा छनौट भएका थिए।

काठमाडौमा भएको लिलामीमा प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, सागर भण्डारी र विक्रम ठगुन्ना टिममा पर्ने सफल भए।

ट्यान्ट हन्टबाट छनौट भएका किरन कुमार आग्री, बसन्त सिह कार्की, शेर मल्ल, पुर्ण सिंह ठकुरी, प्रकाश सिंह र लोकेश बम भने टिममा पर्न सकेनन्।

नेपालको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगीता डिपीएलमा सुदूरपश्चिमका नयाँ खेलाडीलाई अवसर दिने उद्देश्यले आयोजना गरिएको ट्यालेन्ट हन्टमा एक सय भन्दा बढी खेलाडीहरुको सहभागिता थियो।

छनौट भएका १२ खेलाडीलाई डीपीएल अक्सनको ‘डी’ समूहमा राखिएको थियो। न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म मूल्यमा प्रत्येक टिमले कम्तीमा एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने नियम राखिएको थियो।

सुवोध ऐरलाई विराटनगर किंग्स, सागर भण्डारीलाई सिवाईसी अत्तरियाविजय रानालाई टिम चौराहा धनगढी, नारायण जोशीलाई महेन्द्रनगर युनाइटेड, प्रकाश जैसीलाई रुपन्देही च्यालेन्जर्स र विक्रम ठगुन्नालाई काठमाडौं गोल्डेन्सले न्यूनतम मूल्यमा किनेको थियो।

टिममा छनोट भए पनि ६ जानै खेलाडीले एउटा पनि खेल खेल्न पाएनन्।

मैदानमा प्रतिभा देखाउन नपाए पनि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्दा धेरै सिक्न पाएको उनीहरुले देशसञ्चारसँग बताएका छन्।

सागर भण्डारीसिवाइ सि अत्तरीया

सागर भण्डारी

मैदानमा खेल्न नपाए पनि नयाँ नयाँ टेक्निकहरु सिक्न पाइयो। सुवास खकुरेल दाइको कप्तानी गर्ने तरिकाले पनि धेरै कुरा सिकाएको छ।

यस्तै, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ, भुवन केसी र विदेशी खेलाडीसँगै बसेर खेलको योजना र रणनीति कसरी बनाउँदा रहेछन् भनेर नियाल्न पाए।

विक्रम ठगुन्नाकाठमाडौं गोल्डेन्स

विक्रम ठगुन्ना

नेपाली टोलीका उपकप्तान, राष्ट्रिय टोलीका खेलाडी र भारतका पनि नाम चलेका खेलाडी रहेको टिममा पर्न पाएकोमा नै गर्व लागेको छ।

यसका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास गर्ने तरिका सिक्ने अवसर पाएको छु। खेल्न नपाएको कुनै गुनासो छैन ।

अहिले सिक्ने बेलामा खेल्नु नै ठूलो कुरा होइन, सिक्नु र आइडिया लिनु ठूलो हो भन्ने लाग्छ ।

विजय रानाटिम चौराहा धनगढी

नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउने खेलाडीहरु सोमपाल कामी, राजु रिजाल, योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी लगायतबाट क्रिकेटबारे धेरै कुरा सिक्ने मौका पाए।

युएईका कप्तान रोहन मुस्तफा, भारतका खेलाडी पुनित मिश्रासगै रहेर ड्रेसिङ्ग रुम देखी अन्य योजना र अनुभव सिक्न पाएको छु ।

खेल्न नपाएपनि व्याडिङ, बलिङ र फिल्डिङ गर्ने तरीकाबारे पनि अग्रज दाईहरुले प्रत्येक दिन सिकाईरहनुहुन्थ्यो ।

खेल्नु भन्दा पनि ठुलो सिक्ने अवसर र मार्गदर्शन हो।

 

विजय राना

टिम मालिक के भन्छन्?

खेलाउनका लागि नै अक्सनबाट किनेको भएपनि जित्नैपर्ने दवावका कारण ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीले खेल्न नपाएको टिम मालिकले बताएका छन्।

सुवाश शाही: अध्यक्ष धनगढी क्रिकेट एकेडेमी

विगतमा यस क्षेत्रका खेलाडी नै टिममा पर्दैन थिए। यस पटक खेल्न नपाएपनि टिममा परे, सिक्ने अवसर पाए। सिकेको कुरालाई आत्मसाथ गर्दै अर्को संस्करणमा उनीहरुले खेल्ने मौका पाउँछन् भन्ने लाग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?