
हलिवुड चलचित्र उद्योगमा हुने गरेको यौन हिंसा सम्बन्धी रिपोर्टिङ्गका लागि द न्योर्क टाइम्स र न्युयोर्कर म्यागजिनले यो वर्षको पुलिट्जर पुरस्कार पाएका छन् ।
यौन हिंसा सम्बन्धी रिपोर्टिङ्गकै कारण हलिवुड चलचित्र उद्योगका बादशाह मानिने हार्बी वाइन्स्टिनलाई उदांगो पारेको छ । उनीमाथि यौन हिंसा तथा बलात्कारका धेरै आरोप लागेका छन् ।
यसमा हलिवुडका स्टार नायिकाहरु नै छन्, जो उनको यौन हिंसाको शिकार बने । तर वाइन्स्टिनले भने सबै यौन सम्बन्ध सहमतिमा भएको बताउने गरेका छन् ।
वाइन्स्टिन काण्डपछि हलिवुडबाट सुरु भएको मी टू ह्यासट्यागले चलचित्र मात्रै नभएर अरु उद्योगमा हुने गरेको यौन हिंसाका कुरा पनि बाहिर आउन थाले र त्यस विरुद्धको आवाज बलियो बन्यो ।
अमेरिकी पत्रकारिता र विश्वमै पनि पुलिट्जर पुरस्कार सबैभन्दा सम्मानित पुरस्कार मानिन्छ । पुलिट्जर पुरस्कार समितिले पत्रकारितासहित साहित्य तथा कलाकारिताका अरु विधामा पनि यो वर्षको विजेताको घोषणा गरेको छ ।
संगीत तर्फ ¥यापर केनड्रिक लामारले पुरस्कार जितेका छन् । उनी नन क्लासिकल वा ज्याज बाहेक पुलिट्जर पुरस्कार पाउने पहिलो संगीतकर्मी बनेका छन् ।
कुन विधामा कसले जित्यो पुलिट्जर पुरस्कार ?
पुलिट्जर प्राइज फर फिक्सन – लेस (उपन्यास), एण्ड्रयु शन ग्रीइर
पुलिट्जर प्राइज फर ड्रामा – कस्ट अफ लिभिङ्ग, मार्टिना माजोक
पुलिट्जर प्राइज फर बायोग्राफी – प्रेरी फायरः द अमेरिकन ड्रिम्स अफ लौरा इनगाल्स विल्डर, कारोलिन फ्रासर
पुलिट्जर प्राइज फर पोइट्री – हाफ–लाइटः कलेक्टेड पोइम्स १९६५–२०१६, फ्र्यांक बिर्डाट
पुलिट्जर प्राइज फर जेनरल नन फिक्सन – लकिङ्ग अप आवर वनः क्राइम एण्ड पनिस्मेन्नट इन ब्ल्याक अमेरिका, जेम्स फोरम्यान जेआर.
पुलिट्जर प्राइज फर म्युजिक – ड्याम, केन्ड्रिक लामार
पत्रकारिताका लागि पुलिट्जर प्राइज
पुलिट्जर प्राइज फर पब्लिक सर्भिस – द न्युर्योक टाइम्स र द न्युयोर्कर
पुलिट्जर प्राइज फर ब्रेकिङ्ग न्युज रिपोर्टिङ्ग – द प्रेस डेमोक्र्याट
पुलिट्जर प्राइज फर इनभेस्टिगेटिभ रिपोर्टिङ्ग – द वासिङ्गटन पोस्ट
पुलिट्जर प्राइज फर एक्सप्लानेटरी रिपोर्टिङ्ग – द एरिजोना रिपब्लिक र युएसए टुडे नेटवर्क
पुलिट्जर प्राइज फर लोकल रिपोर्टिङ्ग – द सिनसिनाटी इन्क्वायरर
पुलिट्जर प्राइज फर नेशनल रिपोर्टिङ्ग – द न्युयोर्क टाइम्स र द वासिङ्गटन पोस्ट
पुलिट्जर प्राइज फर इनटरनेशनल रिपोर्टिङ्ग – रोयटर्सका क्लारी बाल्ड्वीन, एण्ड्रयु आर सी मार्सल र म्यानुएल मोगाटो
पुलिट्जर प्राइज फर फिचर राइटिङ्ग – रेचल काड्जी घान्सा, फ्रिल्यान्सर फर जिक्यु
पुलिट्जर प्राइज फर कमेन्ट्री – जोन आर्चिबल्ड, अलाबामा मिडिया ग्रुप
पुलिट्जर प्राइज फर क्रिटिसिजम – जेरी साल्ट्ज, न्युयोर्क म्यागजिन
पुलिट्जर प्राइज फर एडिटोरियल राइटिङ्ग – एण्डी डोमिनिक, द डेस माइनेस रजिस्टर
पुलिट्जर प्राइज फर एडिटोरियल कार्टुनाइजिङ्ग – ज्याक हेल्पेर्न र माइकल स्लोन, फ्रिल्यान्सिङ्ग फर द न्युयोर्क टाइम्स
पुलिट्जर प्राइज फर ब्रकिङ्ग न्युज फोटोग्राफी – रायन केली, द डेली प्रोग्रेस
पुलिट्जर प्राइज फर एडिटोरियल कार्टुनाइजिङ्ग – रोयटर्स