जनकपुर – धनुषामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास भएको घटना सार्वजनिक भएको छ । जनकपुर उप–महानगरपालिका–२४ सोनापाराकी महिला माथि बलात्कारको प्रयास भएको खुलेको हो ।
२४ वर्षिया महिलालाई आफ्नै छिमेकीले घरमा कोही नभएको बेलामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
करणीको प्रयासको आरोपमा पक्राउ पर्नेमा ३६ वर्षका दिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गएको चैत ३० गते शुक्रबार दिउँसो १ बजे घरमा कोही नभएको बेला रक्सी खाएर मण्डल घरभित्र रहेकी महिलामाथि जवरजस्ती करणीको प्रयास गरेका थिए ।
महिला प्रतिकार गर्दै हारगुहार गर्दा स्थानीय बासिन्दाको पहलमा प्रहरीले मण्डललाई पक्राउ गरेको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन् ।