नाटक समिक्षा

द्वन्द्वको घाउ दुखाउने ‘सखी’

द्वन्द्वको घाउ दुखाउने ‘सखी’
+
-

काठमाडौं– हातमा गुडिया समाएका दाजुबहिनी, आफ्नै सुरमा खेलिरहेका छन्। आमा नाङ्ग्लोमा चामल केलाइरहेकी छन्। खेतबाट फर्केका बुवा सामान थन्काएर फटाफट लौरो चिल्लो पार्दै छन्। बुवाको काममा खेलिरहेका छोराछोरीलाई वास्ता छैन।

बुवाले यो लौरो परिवारको सुरक्षाको लागि चिल्लो बनाउँदै छन्। लोग्नेको यो प्रक्रियालाई केटाकेटीकी आमा यो कामलाई सामान्य रुपमा लिँदिनन्। लौरो चिल्लो पार्दै गरेका लोग्ने पत्नीलाई परिस्थितिको मागलाई बुझाउँछन्। उनको अनहारमा त्रासका धर्सा छर्लङ्ग देखिन्छन्।

मैथिली भाषीको सामान्य घरको असामान्य दिनचर्याबाट सुरु हुन्छ नाटक सखी। सशस्त्र द्वन्द्वकालीन समयको परिदृश्यलाई झल्काउने नाटक सखी शिल्पी थिएटरमा चैत २८ गतेदेखि मञ्चन भइरहेको छ। नाटककार रमेश रञ्जनले लेखेको यो नाटकमा दस वर्षे सशस्त्र युद्धमा भोगिएको पीडालाई प्रस्तुत गरिएको छ। युद्धले सिर्जना गरेकोे एक्लोपन, आफन्त गुमाउनुको पीडा, पर्वमा पनि रमाउन नसक्ने अवस्था र बालमष्तिकमा पर्ने प्रभावलाई नाटकमा समेटिएको छ।

घिमिरे युवराजले निर्देशन गरेको सखी मिथिलाञ्चलका नागरिकको द्वन्द्वकालीन कथा हो। नाटकले सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा बाँच्ने जिजिविषालाई देखाउन खोजेको छ।

युद्धग्रस्त क्षेत्रमा निस्वार्थी नागरिकको उकुसमुकुस, क्षणभर पनि नछुट्ने त्रास सखीमा समेटिएको छ। धेरै मैथली र थोरै नेपाली भाषामा नाटक प्रस्तुत गरिएको भए पनि दर्शकले त्यो बेलाको समाजले भोगेको भयलाई सजिलै अनुभुत गर्न सक्छन्, द्वन्द्वको समयमा जस्तै। सखीमा शोभा, सगुन, पवितरी, शम्भु, गीता, सखी लगायत सैनिक र विद्रोहीको भूमिकामा रहेका कलाकारको अभिनय अभिनय जस्तो छैन उनीहरुले नै भोगेको जीवन जस्तो छ।

नाटकको सखी पात्रलाई बलिदानको रुपमा प्रस्तुत गरिएको छ। राजनीतिक स्वार्थमा आम नागरिक मुछिने र उनीहरुले के गुमाउँछन् भन्ने कुरा नाटकले प्रस्तुत गरेको छ। सबै कुरा सीधा भन्न नहुने अवस्थामा बिम्बको प्रयोग, व्यंग्यको प्रयोग र परिस्थितिको अभिव्यक्ति नाटकको विशेषता हो। बन्दुक, काँडेतार र यातनाले मानिसको बालबालिकाको बालापनलाई ध्वस्त पार्ने भाव पनि प्रस्तुत गरेको छ ।

कथाको अन्त्यमा शोभा पात्रले आफ्नो अतिप्रिय मित्र सखीलाई गुमाउँछिन्, अरुको ज्यानसँग ‘सौदा’ गरेर । द्वन्द्वको परिदृश्यमा आफ्नो प्रिय चिज गुमाउनु पर्ने र सत्य स्वीकार गर्नुपर्ने अवस्थाको चित्रण नै सखी हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?