
तनहुँ – लोपोन्मुख कुसुण्डा जातिको भाषा बोल्न जान्ने एक मात्र व्यक्ति राजा मामाको निधन भएको छ । तनहुँको व्यास नगरपालिका–१० डिहीमा बस्दै आएका कुसुण्डा जातिका राजा मामाको ७५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।
राजा मामाको बुधबार बिहान आफ्नै घरमा निधन भएको हो । उनको निधनले लोपोन्मुख कुसुण्डा जातिको भाषा संरक्षणमा क्षति पुगेको छ । उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो ।
प्रतिष्ठानले नै २०६१ सालमा इन्द्रमाया तामाङ्गसँग बिहे गराइदिएको थियो । गाउँमा कुसुण्डा कान्छाको नामले चिनिएका उनलाई प्रतिष्ठानले नै राजा मामाको नाम दिएको हो । उनको नागरिकतामा राजा मामा कुसुण्डा नाम उल्लेख छ । उनकी श्रीमती र एक छोरी छन् ।