तस्बिर

द प्रेगनेन्ट म्यान र आँखै नहट्ने अरु तस्बिर

द प्रेगनेन्ट म्यान र आँखै नहट्ने अरु तस्बिर
+
-

बेलायतको द एसोसिएसन अफ फोटोग्राफरले आफ्नो स्थापनाको ५० औँ वर्षगाँठ मनाइरहेको छ । यस अवसरमा एओपीले फोटो प्रदर्शनी गरेको छ । जसमा राम्रा तस्बिर प्रदर्शनका लागि राखिएको छ ।


यो तस्बिर रोरी कार्नेगीले सन् २०१३ मा खिचेका हुन् । सन् १९७० मा खुलेको काट्सवोल्ड वाइल्ड लाइफ पार्कमा जन्मिएको यो गैँडाको चौथो बच्चा हो । यसको नाम एलन राखिएको थियो ।

यो तस्बिर विश्वकी पहिलो सुपर मोडल ट्विगीको हो । उनको तस्बिर ब्यारी ल्याटिगनले खिचेका हुन् ।

यो तस्बिर फोटोग्राफर जोनथन एण्डरसन र एडविन लोको हो । यी दुई नेशनल डेनिश जिमनास्टिक टिममा सन् १९९८ देखि २००२ सम्म रहे । उनीहरुले पृथ्वी, अग्नी, जल र आकाश थिममा यो तिस्बर खिचेका हुन् ।

नेल्सन मण्डेलाको यो तस्बिर सन् १९९७ को हो । यो तस्बिर जिलियन एडेलस्टिनले खिचेका हुन् र उनले चार वर्षसम्म मण्डेलाको तस्बिर खिचेका थिए ।

फ्यारो द्विपामा स्थानीय परम्परागत सँस्कृति अनुसार ह्वेल माछा मार्ने गरिन्छ । त्यहि क्रममा सन् १९९६ मा एडम वुल्फिटले खिचेको तस्बिर हो यो । यसलाई नेशनल ज्योग्राफिकले प्रकाशित गरेको थियो ।

क्यानडाको अब्राहम ताल जमेको अवस्थामा पउल वेकफिल्डले सन् २०११ मा खिचेका हुन् ।

यो एनल ब्रकिङ्गको तस्बिर हो । द प्रेगनेन्ट म्यान नाममा यो तस्बिर सन् १९७० मा बेलायतको फ्यामिली प्लानिङ्ग एसोसिएसनले एक विज्ञापनमा प्रयोग गरेको थियो । गर्भनिरोधक साधनको महत्व बुझाउनका लागि प्रयोग गरिएको थियो ।

क्यामराको लेन्समा हेर्दै गरेको यो बाँदरको तस्बिर सन् २००१ मा टिम फ्ल्याचले खिचेका हुन् ।

यो फुड फोटोग्राफीका लागि चिनिएकी बेलायती फोटोग्राफर टेसा ट्रागरले खिचेको तस्बिर हो ।

बेलायती राज परिवारको यो तस्बिर टम मुरेले खिचेका हुन् । उनी राज परिवारको फोटो खिच्ने सबैभन्दा कम उमेरका फोटोग्राफर हुन् । उनले सन् १९६९ मा राजकुमारी मार्गरेट, लर्ड स्नोडोन र उनीहरुका सन्तान डेविड र साराको तस्बिर खिचेका हुन् ।

स्रोत : बिबिसी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?