छात्रवृत्तिका लागि रु तीन लाख

+
-

म्याग्दी – बेनी नगरपालिका–१, अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाइ इन्द्र एलजी र लक्ष्मी थापाले बेनीको प्रकाश माविमा हजुरबुबा स्व. बिच्चाराम थापामगरको स्मृतिमा रु तीन लाख ११ हजार १ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयमा सञ्चालित विज्ञान संकायको कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने खस आर्य, जनजाति र दलित समुदायका एक/एक जना विद्यार्थीलाई अक्षयकोषको ब्याजबाट रु सात हजारका दरले पुरस्कृत गरिने भएको छ ।

छात्रवृत्ति प्राप्त गर्ने प्रत्येक विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षामा घटीमा ५० प्रतिशत अंक प्राप्त गर्नुपर्ने संस्थापक मानबहादुर थापामगरले जानकारी दिनुभयो । लेखा समूहका पूर्वउपसचिव मानबहादुरले गाउँका पूर्व मुखिया रहेका हजुरबुबा बिच्छारामको स्मृतिमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

छात्रवृत्ति अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधिको विषयमा २०७३ चैत २७ गते प्रकाश माविका प्रधानाध्यापक हरिकृष्ण सुवेदी र संस्थापक थापाबीच १२ बुँदे सम्झौता भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?