पछाडिको पकेटमा ‘पर्स’ राख्‍नु खतरनाक, कसरी बच्‍ने ?

पछाडिको पकेटमा ‘पर्स’ राख्‍नु खतरनाक, कसरी बच्‍ने ?
+
-

पछाडिको पकेटमा ‘पर्स’ राख्‍नु मेरुदण्डको लागि खतरनाक भएको अनुसन्धानले देखाएको छ। मेन्स हेल्थले प्रकाशित गरेको एक रिपोर्टमा यूनिभर्सिटी अफ वाटरलूका प्राध्‍यापक आफ स्पाइन बायोमेकेनिक्स स्टुअर्ट म्याकगिलले मेरुदण्डको लागि खतरनाक भएको दाबी गरेका हुन्।

उनले भनेका छन्, ‘पर्स केही क्षण राख्‍नको लागि मात्रै हो तर मानिसहरु दिनभरीको काम सकेर पुन: घर फर्केर आउँदासम्‍म ‘पर्स’ उसको पछाडिको पकेटमै हुन्छ। पकेटभित्र पैसा, फोटो, क्रेडिट-डेबिट कार्ड, ड्राइभिङ लाइसेन्स र अरु पनि सामग्री राख्ने हुँदा पर्सको मोटाई बढ्छ। यसले मानिसको हिपमा दुखाई महसुस हुन थाल्छ जुन मेरुदण्डको लागि खतरनाक हो।’

कहाँ कहाँ दुखाई हुन्छ ?

प्राय मानिसहरु घरबाट बिहानै कतै जानु पर्‍यो भने नुहाउँछन्, कपाल मिलाउँछन्, मोबाइल चेक गर्छन्, लगाउनु पर्ने वस्त्र लगाउँछन् अनि हतार हतार आफ्नो महत्वपूर्ण चीज ‘पर्स’लाई पछाडिको पकेटमा राख्छन् र गन्तव्‍यतिर जान्छन्।

दिनभरीको काम सकेर पुन: घर फर्केर आउँदासम्‍म ‘पर्स’ उसको पछाडिको पकेटमै हुन्छ। पकेटभित्र पैसा, फोटो, क्रेडिट-डेबिट कार्ड, ड्राइभिङ लाइसेन्स र अरु पनि सामग्री राख्ने हुँदा पर्सको मोटाई बढ्छ।यसले मानिसको मेरुदण्डको लागि खतरनाक हुन जान्छ।

मेरुदण्डको पछाडिको भाग हिपमा रहेको सियाटिक नर्भमा पर्समा भएका सामग्रीले असर पर्न थाल्छ। जसका कारण मानिसको ढाड दुख्‍ने, खुट्टा झमझमाउने नसाका रोगहरुले आक्रमण गर्न थाल्छन्। महिलाहरुमा पेल्भिसमा समस्या देखिन थाल्छ भने सीधा बस्‍न नसकेर कुप्रो पर्ने समस्‍याले सताउन सुरु गर्छ।

घन्टौसम्‍म पर्स राख्‍नु खतरनाक

यस्‍तै यो समस्‍या पछि गएर स्पाइनल कडमा समेत देखा पर्न सक्‍ने अनुसन्धानमा संलग्‍न चिकित्सकले बताएका छन्। यता, दिल्लीको प्राइमस अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. कौशल मिश्राका अनुसार पर्सलाई पछाडि छोटो समय राख्‍नु ठीक भए पनि घण्टौ राख्‍नु मेरुदण्डको लागि घातक मानिन्छ।

उनले भनेका छन्, ‘ यदि कसैले केही क्षणका लागि पछाडि पर्स राखे सामान्‍य हो ।तर घन्टौ राखे घातक हो। यसले हाडजोर्नीसँग सम्बन्धित रोग निम्त्‍याउँछ र जीवनभर सताउँछ।’

कसरी बच्‍ने ?

यस्तो समस्या भएमा घुडालाई मोडेर जमिनमा सुतेर आराम गर्नु पर्ने चिकित्सकको सुझाव छ। खुट्टा र हिपलाई बिस्तारै दायाँदेखि बायाँ
र बायाँदेखि दायाँ घुमाएर अभ्‍यास गर्ने गर्नुपर्छ। यसले कम्‍मर र मेरुदण्डलाई आराम महसुस गराउँछ।

साथै घुडालाई छातीमा टासी हातले खुटाको औला समात्‍ने अभ्‍यास गर्दा मेरुदण्डलाई सहजता प्रदान गर्दछ। कम्‍मरमा हात राखेर गोलो गरी कम्मरलाई घुमाउनाले मेरुदण्डका साथै पिठ्‍यूको समस्‍या पनि समाधान हुन्छ।

पर्सलाई कसरी राख्‍ने ?

यदि कसैलाई पछाडि नै पर्स राखेर हिड्‍ने बानी परेको छ भने पातलो रुपमा मात्रै राखे मेरुदण्डको लागि उपयुक्त हुन्छ।

पर्समा भएभरका क्रेडिट/डेबिट कार्ड, फोटो, लाईसेनेस, वा अन्‍य कुनै सामग्री नराख्‍दा नै बेस हुन्छ। किनकी यसले तपाईको पर्सलाई मोटो बनाउँछ र मेरुदण्डको लागि खतरनाक हुन सक्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?