
काठमाडौँ–माछापुच्छ्रे बैंक लिमिटेड र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कायममुकायम नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरकातर्फबाट प्रमुखकार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता सँगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ।
युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्कीस्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो । यसको टर्कीमा मात्र ४,७०० भन्दा बढी ग्राहक सेवा केन्द्र रहेका छन् । ग्राहकको सन्तुष्टि र ग्राहक सेवामा समर्पित भएको हुदाँ युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरी नै पैसा पठाउन धेरैको रोजाईमा परेको छ।
यो सम्झौतासँगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै प्राप्त गर्न सक्नेछन् । ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टर र १८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरि ८४ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै देशभर ८६ वटा एटीएम संचालनमा छन्।