जनकपुरबाट ९ केजी ८ सय ग्राम चाँदीसहित दुई जना युवक पक्राउ परेका छन्।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाबाट शुक्रबार अपराह्न साढे ३ बजे ती युवकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोनापाडाबाट विन्धीतर्फ गइरहेको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
ज ८ प ९९६० नम्बरको मोटसाइकलमा सवार सर्लाहीको संग्रामपुर नगरपालिका ६ बस्ने ३० वर्षीय सन्देश मण्डल र धनुषाका सहिदनगर नगरपालिका ६ बस्ने २१ वर्षीय रन्जित मुखियालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।