मोरङ – मोरङको सुनवर्षी नगरपालिका–७ मलदैया टोलकी १३ वर्षीया बालिका आफ्सना खातुनको घा“टी रेटेर हत्या भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार घा“स काट्नका लागि भनेर घरबाट शुक्रबार बेलुका हिँडेकी खातुन अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
एसपी बिसीले खातुनको शव घरबाट पा“चसय मिटर परको मकै बारीमा हत्या गरेर फालिएको अवस्थामा शव फेला पारिएको बताए ।
यद्यपी बालिकाको हत्या किन र के कारण गरिएको हो, प्रहरीले पहिल्याउन सकेको छैन । एसपी बिसी भन्छन्, “हत्याको अनुसन्धानमा खटिएका छौँ ।”
इलाका प्रहरी कार्यालय रंगेलीले भने बालिका खातुनको हसिया“ले घा“टी रेटेर हत्या गरिएको हुन सक्ने जनाएको छ । रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले घटनास्थलबाट रगताम्य अवस्थाको एउटा ह“सिया बरामद गरेको बताएका छन् ।
हत्याको कारण तत्काल पत्ता लाग्न नसकेको उल्लेख गर्दै प्रहरीले परिवारका सदस्यसँगको कुनै रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरेको छ ।
घटनाको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरे जस्तो पनि नदेखिने प्रहरी निरीक्षक खड्काले जानकारी दिए । शवको जिल्ला अस्पताल रंगेलीमा पोष्टमार्टम गरिएको र त्यसको रिपोर्टले घटनाका बारेमा धेरै कुरा खुलाउन सहयोग गर्ने प्रहरीको अपेक्षा छ । बालिकाका बुवा ताईफूर मियाँले घटनाका दोषी पत्ता लगाएर कारवाही अघि बढाउन माग गरेका छन् ।