पृथ्वी दिवस मनाईँदै

पृथ्वी दिवस मनाईँदै
+
-

काठमाडौं – पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी आइतबार नेपालसहित विश्वका धेरै देशमा मनाईंदैछ ।

हरेक वर्ष वर्यावरणीय महत्व तथा पृथ्वीमा आश्रीत प्राणी तथा वनस्पतिको रक्षा अनि दीगो भविष्यको कामना र त्यसका लागि गर्नु पर्ने प्रयासका बारेमा जानकारी गराउँदै अप्रिल २२ का दिन यो दिवस मनाउने गरिएको छ ।

सन् १९७० देखि अमेरिकाबाट मनाउन सुरु भयो पृथ्वी दिवसलाई सन् २००९ मा संयुक्त राष्ट्रसंघको ६३ औँ महासभाले औपचारिक मान्यता दिएको थियो ।

संयुक्त राष्ट्रसंघले औपचारिक रुपमा नै अप्रिल २२ लाई पृथ्वी दिवसको रुपमा मनाउने घोषणा गरेपछि अहिले विश्वका प्रायः देशले यो दिवस मनाउने गरेका छन् ।

२२ अप्रिल यस्तो समय हो, जुन बेला पृथ्वीका दुई ध्रुवमा दुई फरक मौसम हुने गर्छ । उत्तरी गोलाद्र्धमा वसन्त तथा दक्षिणी गोलाद्र्धमा शरद ऋतु हुने र पृथ्वीको यहि विभिदतालाई उत्सवको रुपमा मनाउनका लागि २२ अप्रिलका दिन पृथ्वी दिवस मनाउने गरिएको हो ।

यो दिन मानव, प्राणी तथा वनस्पतिको साझा आश्रय स्थल पृथ्वीको महत्व र यहाँका बासिन्दाको सहअस्तित्वलाई थप बलियो बनाउनका लागि जोड दिइन्छ ।

पृथ्वी र यहाँको पारिस्थितिक प्रणाली हाम्रो साझा घर रहेकाले यसको सुरक्षाको जिम्मा पनि हाम्रै काँधमा रहेको बुझाउनु यो दिवसको उद्देश्य हो । पछिल्ला वर्षहरुमा मानवीय गतिविधिका कारण पृथ्वी र यसमा आश्रित धेरैको अस्तित्व नै संकटमा परेको छ ।

वर्षेनी तापक्रम बढ्दै गएको छ । यसले भावी पुस्ताको अस्तित्व संकटमा पर्ने देखिन्छ । आजैदेखि त्यो संकटको अवस्था आउन नदिनका लागि व्यक्तिगतदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयासको खाँचो रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलनले पृथ्वीको महत्वलाई थप प्रस्ट पारेको थियो र त्यहि कुरालाई जोड दिँदै यो दिवस मनाउने गरिएको छ । त्यही सम्मेलनले तय गरेको एजेण्डा ट्वेन्टीलाई अहिलेको दीगो विकास लक्ष्यको आधारका रुपमा पनि लिइन्छ ।

यो पनि पढ्नुहोस्

मासिँदै शहरी क्षेत्रका सिमसार, जोखिममा जनजीवन

मासिँदै शहरी क्षेत्रका सिमसार, जोखिममा जनजीवन

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’