
काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता सन्देश दिन आइतबार आयोजित राष्ट्रिय सभागृहको कार्यक्रम ब्यानर विवादका कारण करिब ३ घन्टादेखि अवरुद्ध भए पनि फेरि पुरानै ब्यानर कार्यक्रमस्थलमा टाँसिएको छ।
ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको कारण कार्यकर्ताहरुले कार्यक्रमस्थलबाट हटाए पनि तीन घन्टापछि त्यही ब्यानर ल्याएर टाँसिएको हो।
मार्क्स र लेनिनको फोटो ल्याएर कुर्सीमा राखिएको छ।
अब केही बेरमा कार्यक्रम सुरु हुने आयोजकहरुले दाबी गरेका छन्।

मार्क्स र लेनिनको फोटो भएको फ्रेम। तस्बिर: बर्षा शाह

मार्क्स र लेनिनको फोटो भएको फ्रेम। तस्बिर: बर्षा शाह