
काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता सन्देश दिन आइतबार आयोजित राष्ट्रिय सभागृहको कार्यक्रम ब्यानर विवादका कारण करिब ३ घन्टादेखि अवरुद्ध छ। यसअघि पुरानो ब्यानर हटाइए पनि अहिले पुरानै ब्यानर ल्याएर कार्यक्रमस्थलमा टाँसिएको छ। थपमा लेनिन र मार्क्सको तस्बिर भएको अर्को ब्यानर पनि ल्याइएको छ।
मार्क्स र लेनिनको फोटो ल्याएर कुर्सीमा राखिएको छ। अब बल्ल ब्यानर विवाद साम्य हुने आयोजकहरुले दाबी गरेका छन्।
अब केही बेरमा कार्यक्रम सुरु हुने आयोजकहरुले दाबी गरेका छन्।