जानकी नवमीमा प्रदेश-२ मा सार्वजनिक विदा

जानकी नवमीमा प्रदेश-२ मा सार्वजनिक विदा
+
-

जनकपुरधाम- प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीका दिन प्रदेशमा सार्वजनकि विदा दिने घोषणा गरेका छन्।

जानकी नवमीको अवसरमा रामायण सर्किटले आयोजन गरेको तीन दीवसीय मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जानकी नवमीमा विदाको घोषणा गरेका छन्।मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए।

प्रदेश नं. २ को विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना सार्वजनिक गरि सकेको बताएका छन्।

मुख्यमन्त्री राउतले नेपालको एउटा धरोहर जानकी मन्दिर रहेकोले राज्यको दृष्टि नै फरक रहेको बताए उनले भने, ‘सरकारले जुन नजरबाट जानकी मन्दिरलाई हेर्नुपर्ने हो, त्यो हिसाबले जानकी मन्दिरलाई विगत देखि हेरिएको भए आज यस्तो हुने थिएन।”

भारत सरकारको पहलमा निर्माण हुन लागेको रामायण सर्किटले जनकपुर र अयोध्यालाई मात्र जोडेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसलाई विस्तार गरेर भारतका अन्य धार्मिक स्थलसंग समेत जोडने योजना ल्याउनु पर्नेमा जोड दिए।

जानकी मन्दिर यस क्षेत्रको मात्र नभई विश्वकै धरोहर रहेकाले जानकी मन्दिरको विकास र विश्व सम्पदा सूचिमा सूचिकृत गराउन प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

रामयण मेलाको समुद्घाटन

जानकी नवमीको तीन दिवसीय कार्यक्रम अन्तर्गत सोमवार रामायण मेलाको समुद्घाटन गरिएको छ।जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा आयोजित समुद्घाटनसत्रमा प्रदेश दुईका प्रमुख रत्नेश्वर लाल कायस्थ र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पूरीले संयुक्त रुपमा रामायण मेलको उद्घाटन गरेका हुन्।

रामायण मेलाको समुद्घाटन गर्दै माता जानकीको जन्म भूलोकमा भएको र त्यसको आफ्नै धार्मिक महत्व रहेकोले यसलाई जीवन्त राख्न जानकी नवमी जस्तो पर्वप्रति राज्य उदासिन रहेकोले नेपालको गौरवको विषय मध्ये जानकी नवी समेत एक रहेकोले यसलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्न माग गरे ।

रामायण मेलाको समुद्घाटनमा बोल्दै प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश सरकार प्रदेश नं. २ को धार्मिक पर्यटनको विकासमा गम्भिरता देखाई रहेको तथा प्रदेश सरकारले यस प्रदशेलाई धार्मिक पर्यटनको बढावा मात्र दिनसके नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।

जनकपुरको विकास गरे देशलाई फाइदा हुनेः पुरी

नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पूरीले जनकपुरको सम्बन्ध अयोध्यासँग मात्र नभई पूरै भारत वर्षसँग अटुट सम्बन्ध रहेको बताए । उनले जनकपुरको विकास गर्न सके देशलाई फाइदा हुने विश्वास व्यक्त गरे।

राजदूत पूरीले आगामी दिनमा जनकपुरधाम नेपालको एक मात्र यस्तो शहर हुनेछ जहाँ विमानस्थल र ब्रोडगेज रेल्वे दुबै सेवा हुनेछ । जनकपुरको वायु उडान सेवालाई अझै विस्तार गर्न सके नेपालकै समृद्ध शहरको रुपमा विकसित हुने दावी गरे । उनले यस दिशामा प्रदेश सरकारलाई पनि काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल र भारतका साधु सन्त तथा विद्वानहरुको सहभागिता रहेको थियो।तीन दिवसीय रामायण मेलाको पहिलो दिन सोमबार रामायण सभा, मंगलबार दूधमती शाही स्नान, जानकी नवमी महोत्सव, नवमी शोभा यात्रा, जानकी जन्म विशेष आरती र बुधबार विद्यालयका विद्यार्थीहरुद्वारा रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, कवि सम्मेलन, रामायण गोष्ठी, मैथिली, भोजपुरी तथा थारु भाषाको सांस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?