
दाङ-लमही बजारको चोकमा बिहान ४ बजे देखि किसानहरुले तरकारी बजार लगाउथे। गाउँबाट तिन बजेनै तरकारीको भारी वोकेर उनीहरु बजार पस्थे।
चोकको सडक छेउँमा वस्थे र बेच्थे।तर, नगरपालिकाले किसानहरुले त्यसरी सडकमा बसेर तरकारी बिक्री वितरण गर्दा दुर्घटनाको जोखिम हुने भन्दै बजार देखि करिव ८ सय मिटर टाढा कृषि उपज केन्द्रमा सार्ने निर्णय गर्यो।
नगरपालिकाले राखेको नगरप्रहरीले किसानहरुलाई चोकमा बसेर तरकारी विक्री गर्न रोक लगायो। एक दिन किसान कृषि उपजमा तरकारी लगेर पुगे। तर, त्यहाँबाट तरकारी बिक्रि भएन्।तरकारी बेचर साँझ विहानको छाक टार्दै आएका किसानहरुले नगरपालिकाले बजार ब्यवस्थापन गर्न छाडेर आफुहरुलाई विस्थापन गर्न खोजेको आरोप लगाए।
मंगलबार त किसानहरु जम्मा भएर नगरपालिका घेराउ गर्नसम्म पुगे।‘चुनावमा तपाईकै पक्षमा काम गर्छौं भने, जिताएर पनि पठायौं तर, हाम्रो पक्षमा कामै गरेनन ’मधुलिका चौधरीले भनिन्-‘हाम्रो रोजिरोटी खोस्न थाले।’
नगरपालिकाले तरकारी उत्पादक किसानहरुलाई विस्थापन गर्न खोजेको भन्दै उनिहरुले बजार क्षेत्रवाटै तरकारी विक्री वितरण गर्न पाउनुपर्ने माग राख्दै नगरपालिका घेराउ गरेका हुन्। सहज रुपमा तरकारी विक्री गर्न पाउनु पर्ने माग राख्दै लमही नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन्।
किसानहरुले खेतबारीमा उत्पादन गरेको तरकारी बजारमा विक्री वितरण गर्ने उचित व्यवस्था मिलाउनुको सट्टा आफूहरुलाई विक्री वितरणमै रोक लगाउने गरि नगरपालिका प्रस्तुत भएको प्रर्ति किसानहरु आक्रोसित भएका हुन्।
आफूहरुलाई विहान दुइ घण्टाको लागि मात्रै बजार क्षेत्रमा वा बगैँचामा तरकारी विक्री गर्ने व्यवस्था मिलाइदिनु पर्ने माग किसानहरुले गरेका छन्। लमही नगरपालिकाले यसभन्दा पहिले लमही बजारको चौराहामा विक्री वितरण गर्दै आएका तरकारी किसानहरुलाई हटायर उद्यमशील बहुउद्देश्यि सहकारी भवनको गेटवाट विक्री वितरण गर्न आग्रह थियो।
बजारको चहलपहल नहुने ठाउँमा तरकारी बिक्री नभएपछि तरकारी किसानहरुले पुरानै ठाउँवाट विक्री गर्न खोजेपछि नगरपालिकाले हटाउने प्रयास गरेको थियो।