
सिन्धुपाल्चोक – तीन वर्षअघिको भूकम्पका कारण अति प्रभावित १४ जिल्ला मध्ये एक हो सिन्धुपाल्चोक । १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकका सबैजसो गाउँमा भूकम्पले क्षति गरेको छ ।
तीन वर्ष बित्दा पनि धरै प्रभावित टहराबाट सुरक्षित घरमा सर्न पाएका छैनन् । कतै घर बन्दै छन् भने कतै टहराहरु भत्किँदै छन् । साँघुरो टहराको खुम्चिएको दैनिकी आँडै फैलिने आश भने छ सिन्धुपाल्चोकका बासिन्दामा अरु जिल्लाका बासिन्दाको जस्तै ।