छिमेकी जिल्ला समेटेर एकीकृत विकास : प्रचण्ड

+
-

चितवन –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् । 

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार चितवनमा आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताए।

यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनले बताए । देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने उनले बताए ।

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताउँदै उनले भने “खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।”

जुन ठाउँ जसरी रहेको छ त्यो सबैलाई हेरेर एकीकृत रुपमा विकास योजना बनाइने भन्दै उहाँले यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको बताए । नेता, बुद्धिजीवीलगायतसँग यस क्षेत्रको विकासको विषयमा छलफल चलिरहेको भन्दै उनले भने “एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।”

यी क्षेत्रको आफूले भ्रमण गरिरहेको भन्दै उनले भने “हरेक पटक म चितवन आउँदा फरक फरक ठाउँ जान्छु, त्यहाँ रिल्याक्स गर्न गएको होइन, त्यहाँको विकासको सम्भावना हेर्न गएको हुँ ।”

जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै उहाँले विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने बताए । नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उनले भने।

चिनियाँ टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउँदै उहाँले जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको बताए । उनले स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न उनीहरुले प्रस्ताव गरिरहेको बताउँदै दाहालले भन्नुभयो “मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।”

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उहाँले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताए।

अर्काे एक प्रसंगमा दाहालले जुन ठाउँमा प्रदेशको राजधानी छ त्यसको नजिकको अर्काे शहरमा व्यवस्थापिका–संसद्को कार्यालय हुने गरी छलफल चलिरहेको बताउँदै उहाँले हेटौँडा राजधानी भइरहँदा त्यो सम्भावना चितवनमा रहेको बताए ।

पछिल्लो समय चितवनबाट निर्वाचित भएपछि यस क्षेत्रको विकासमा केन्द्रित हुनु भएका दाहालले ३ नम्बर प्रदेशको प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको बताए । यसैगरी, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहने उनले बताए ।

निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै उहाँले आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया शुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?