पानीसुक्न थालेपछि तालका माछा छटपटाउँदै

+
-

कञ्चनपुर  – शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।

बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहुँदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै आएका साधु आनन्द गिरीले बताए।

“एउटै माछाको तौल १० देखि १५ किलोग्राम भन्दा बढी छ ।” उनले भने, “तालमा पानी एक तिहाइ पनि छैन, माछा मर्ने सम्भावना निकै बढी छ । जोगाउनका लागि सम्बन्धित निकायले चासो नदिए तालमा रहेका माछाका प्रजाति लोप हुने संभाबना छ ।”

वर्षातका बेला उत्तरतर्फको पहाडबाट आउने भेलले ताललाई पुर्दै आएकामा बचाउनका लागि चासो नदिँदा यस्तो अवस्था आएको यहाँका बासिन्दा बताउँछन् । ताल प्रतिवर्ष दुई मिटर बढीका हिसाबले पुरिँदै जान थालेको छ ।

पर्यटकीय क्षेत्रमा ल्याइएको धारामा समेत पानी आउने क्रम बन्द भएको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएको खानेपानी आयोजनामा मसिनो पाइप राख्द चुना भरिएर पानी आउने क्रम बन्द भएकाले पर्यटकीय क्षेत्रमा पुग्ने अवलोकनकर्ताले सास्ती खेप्नुपरेको छ । तालमा लहरै उफ्रने माछा हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?