
काठमाडौँ-डाक्टर गोविन्द के. सी र सरकारबीच भएको सम्झौता तत्काल खारेज गर्न माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपाल अनसन बस्ने भएको छ। सम्झौतामा शिक्षा र स्वास्थ्य क्षत्रको सुधारका लागि राखिएका माग पूरा नभएको भन्दै मोर्चाले अनसन बस्ने घोषणा गरेको हो ।
बिहिबार तीन बजेदेखि काठमाण्डौँको खुलामन्चमा अनसन बस्ने मोर्चाका संयोजक विजय थापाले जानकारी दिए । उनका अनुसार सरकार सामु राखिएका जायज र न्यायपूर्ण माग पूरा भएका छैनन् ।
मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालका मागहरु यस्ता छन् ।
१.नपालमा चिकित्सा शास्त्रको अध्ययन अध्यापनका क्षेत्रमा कायर सिन्डिकेटको प्रथा खारेज गर्नु पर्ने,
२. वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयको रुपमा परिणत गरिनुपर्ने,
३.नेपाली जनताको अहित र विदेशी दलालहरुको पक्षपोषक गर्ने नीति बमोजिम जारी गर्ने तयारी गरिएको कथित राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ तत्काल खारेज गर्नु पर्ने,
४. डा. गोविन्द केसी र नेपाल सरकारबिच भएका सबै सम्झौता तत्काल खारेज हुनुपर्ने,
५.नेपाली विद्यार्थीलाई विदेश आपुर्ती गर्ने गराउने विदेशी दलाल कन्सल्टेन्सिहरु तत्काल खारेज हनुपर्ने,
६.एम.डिको सिट निर्धारणमा भ्रष्टाचार र अनियमितता गर्ने आई ओ एमका डिन डा. जगदिश अग्रवाललाई तत्काल पदमुक्त गरि अविलम्व कारवाही गरिनुपर्ने,
७. डा. गोविन्द केसी को त्रि.वि शिक्षण अस्पताल महारगंजमा अनसन बसेको कारण त्रिवि शिक्षण अस्पताललाई भएको नोक्सानी र निजले सो समयमा लिएको तलवभत्ता बारे छानबिन गरी अनियमित भएको रकम राज्यकोषमा दाखिला गरिनुपर्ने,
८. एम.वि.वि एस, एम.डि लगायतको मेडिकल शिक्षा पढ्न नेपाली विद्यार्थीलाई चीन बंगलादेश लगायत विभिन्न देश पठाउने वातावरणको अन्त हुनुपर्ने । मेडिकल कलेजमा सिटमा वृद्धि हुनुपर्ने ।