
जनकपुरधाम- प्रदेश-२का प्रमुख रत्नेश्वर लाल कायस्थले देश विकास तथा समाज निर्माणमा महिलाहरुको महत्वपूर्ण योगदान रहेकोले सरकारमा महिलाहरुको सम्मानजनक उपस्थितिको लागि सरकार तत्पर हुनु पर्ने बताएका छन्।
प्रदेश कायस्थले जनकपुर स्थित ब्रहमाकुमारी राजयोग मिथिला बाटिकामा बिहिबार भएको स्नेह मिलन समारोहमा बोल्दै समाज निर्माणमा भूमिका निर्वाह गरेका महिलाहरुलाई प्रदेश सरकारले स्थान दिनु पर्ने आग्रह गरेका छन्।
यस्तै, कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले शान्ति सुशासनको बिना बिश्व समृद्ध हुन नसक्ने बताए।
उनले शान्ति तथा सुशासनको लागि ब्रहमाकुमारी राजयोग सँस्थाले मानव कल्याणार्थ पुर्याउँदै आएको सेवाको भावनालाई देशभरि बढाउन शाखाहरु विस्तार गर्नु पर्ने उल्लेख गरेका छन्।