प्राविधिक शिक्षा गाउँगाउँमा

+
-

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताउनुभएको छ।

स्थानीय कमलविनायकमा निर्माण भएको नेपाल भोकेशनल एकेडेमीको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले भने,’सरकारी, निजी र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यावसायिक शिक्षाको पाठ्यक्रमलाई तल्लो तहसम्म पुर्‍याउनुपर्छ, त्यसका लागि सरकार लागिसकेको छ, नेपालमा रहेको विद्यमान बेरोजगार समस्या समाधानका लागि सीपयुक्त प्राविधिक शिक्षा सबै स्थानीय तहमा पुर्‍याउन वर्तमान सरकार क्रियाशील छ।’

उनले संघीय शिक्षा नियम र अनिवार्य शिक्षा ऐन बनाइने तयारी भएको पनि बताए। नेपालका लागि जर्मनेली राजदूत रोलान्ड सोफरले नेपालमा प्राविधिक शिक्षाको विकासका लागि जर्मनेली सरकार सधैं सहयोग गर्न तयार रहेको बताए। जर्मनेली दातृ संस्था सुलर हिलफे फयुर नेपालका अध्यक्ष जर्ज बरले दक्ष जनशक्ति उत्पादनमा आफ्नो सहयोगले टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा भोकेशनल एकेडेमीका प्रमुख रवीन्द्र पुरीले नेपालमै पहिलो पटक सिटिइभिटीको सम्बन्धनमा परम्परागत घर र सम्पदा निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी एकेडेमीले प्राविधिक शिक्षा प्रदान गर्ने बताए।

पनौतीमा सञ्चालन हुँदै आएको एकेडेमीले वार्षिक ७० डकर्मी, सिकर्मी र लौहकर्मी उत्पादन गर्दै आएकामा अब वार्षिक २०० प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ थियो।

करीब रु सात करोड मूल्य बराबरको जग्गा भोकेशनल एकेडेमीलाई दान दिँदै पुरीले एक रोपनी जग्गा अर्थात् १९ हजार स्क्वायरफिट क्षेत्रफलमा सुलर हिलफे फयुरको रु पाँच करोडको अनुदानमा एकेडेमीको भवन निर्माण भएको हो। आगामी भदौदेखि इलेक्ट्रिकल, प्लम्बिङ्ग, उड क्राभिङ्ग लगायत सीपको तालीम सञ्चालन गर्ने गरी निर्माण भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?