
अ
+
अ
अ
-

काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा संघीय सांसद नविना लामा विवाह बन्धनमा बाँधिएकी छन्।

अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धलाई बिहिबार विवाहमा गरेकी हुन् । काभ्रे मदनकुडारीकी लामा तथा काभ्रे पाँचखालका प्रविणवीच गत फागुनमै विवाहको तयारी भएको थियो ।


तर, नवीनाका हजुवाको निधनपछि विवाह बैशाखमा सारिएको थियो ।

काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आयोजित वैवाहिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल लगायत उपस्थित थिए।

साथै नेताहरु नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, राष्ट्रिय सभा अध्यक्ष गोणश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरा, गायिका तथा सांसद कोमल वली, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतले लामालाई वैवाहिक जीवनको शुभकामना दिएका थिए। वैवाहिक समारोहको अन्तिममा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाति सहित पुगेका थिए।








