लमहीमा भुसिया कुकुरको आतंक, घाइतेलाई नगरपालिकाले नै काठमाडौँ पठाउने

लमहीमा भुसिया कुकुरको आतंक, घाइतेलाई नगरपालिकाले नै काठमाडौँ पठाउने
+
-

दाङ– लमही नगरपालिका वडा नं ४ निवासी गौरी कुमाल विहान घरको सरसफाई गर्दै थिइन । ढोका नजिक पुगेकी गौरीको हातमा एक्कासी कुकुर झम्टियो । कुकुर हातमा झुण्डियो । कुकुरले टोकेर उनको हातको मासुनै लुछ्यो ।

‘बिहान एक्कासी कुकुरले टोक्ला भन्ने पनि सोचेको थिइन, घरमै हुँदा कुकुरले टोकेर हातको मासु छिया छिया बनायो’ लमही अस्पतालामा उपचारको लागी आएकी गौरीले भनिन्, ‘गाउँमा कुकुरले आतंक मच्यायो । भुसीया कुकुर गाउँ पस्दा यस्तो भयो ।’

गौरी कुमाललाई मात्रै होईन, सोहि कुकुरले घुुम्नाकी मिना चौधरीलाई पनि टोक्यो । ‘गाउँभरीका मानिसलाई कुकुरले आतंकीत बनाएको छ । मानिसलाई मात्रै होईन बाख्रा, बंगुरलाई टोकेको छ’, मिनाले भनिन्, ‘यस्तो होला भन्ने सोचेकै थिएन, कुकुर बौलायो भने आतंकै मच्याउदो रहेछ ।’

लमही नगरपालिका वडा नं ४ सेम्रहवा र घुम्नाका ११ जनालाई कुकुरले टोकेको छ । कुकुरले गौरी कुमाल, मिना चौधरी सहित अर्चना चौधरी, सुरेश चौधरी लगाएतलाई टोकेको हो ।

कुकुरले टोकेका घाइतेहरुको प्राथमिक उपचार लमही अस्पतालमा गरिएको छ । तर, यि विरामिको उपचार लमहीमा सम्भव नभएको लमही अस्पतालले जनाएको छ ।

‘कुकुरले मासु लुछेर टोकेको हुदा यहाँ उपचार सम्भव भएन । थप उपचारको लागी उहाँहरु काठमाण्डौं जानुपर्छ भनेका छौं’ लमही अस्पतालका मेडिकल अधिकृत डा. इश्वरी खनालले भने, ‘मान्छेको तौल अनुसार भ्याक्सिन लगाउनु पर्ने हुन्छ । त्यसैले काठमाण्डौं नै जानु पर्ने भएको हो ।’

लमही अस्पतालमा महिनामा ५० देखि ६० जना सम्म कुकुरको टोकाईबाट घाईते भएका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा रेविजविरुद्धको खोप ल्याइएको छ ।

नगरपालिकाले यातायात सुविधा उपलब्ध गराउने

कुकुरको टोकाईबाट घाईते भएका बिरामीलाई उपचारको लागि काठमाडौँ लैजान नगरपालिकाले गाडिको सुविधा उपलब्ध गराउने भएको छ । घाइतेलाई भेट्न अस्पताल पुगेका लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उपचारको लागि काठमाडौँ जान र आउन लाग्ने शुल्क नगरपालिकाकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

साथै नगरपालिकाले भुसीया कुकुर नियन्त्रण गर्ने समेत बताए । घाइतेहरुलाई भेट्न उपप्रमुख देवका वेलवासे, वडा नं ४ का अध्यक्ष सुवास न्यौपाने, वडा नं ५ का सदस्य कुमार भट्टराई लगायत पुगेका थिए । कुकुरले टोकेका घाइतेको उपचार तौल अनुसार हुने र सोहि अनुसार शुल्क लाग्ने बताइएको छ ।

रेविजबाट बच्न के गर्ने ?

रोविज एउटा प्राणघातक सरुवा रोग हो । वेलैमा होस नपुर्‍याए यसले ज्यान लिन्छ । तीन महिना भन्दा बढि उमेरमा सबै कुकुर तथा बिरालोलाई नजिकको जिल्ला पशु सेवा कार्यालय, पशु सेवा केन्द्र, पशु सेवा उपकेन्द्रमा वर्षमा एक पटक लगेर नियमित रुपमा रेविजविरुद्धको सुई लगाउने बानि गरेमा यसबाट बच्न सकिन्छ ।

यो कार्यबाट मात्रै रेविज लाग्नबाट बच्न र बचाउन सकिन्छ । रेबिज रोग लागेपछि उपचार हँुदैन तर, समयमा विचार पुर्‍याउन सके सजिलै बच्न सकिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?