पर्दा पछाडिबाट संघीयता समाप्त गर्ने षडयन्त्र: उपेन्द्र यादव

पर्दा पछाडिबाट संघीयता समाप्त गर्ने षडयन्त्र: उपेन्द्र यादव
+
-

जनकपुरधाम- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले संघीयतालाई समाप्त गर्न पर्दा पछाडिबाट षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्‍दै उनले भने, ‘केन्द्र सरकारले प्रदेशको कानून बनाउन भन्दा पनि संघीय प्रणालीलाई रोक्ने चेष्टा गर्दैछ, यो वर्षौ-वर्ष सम्म आफू मात्र शासन प्रशासन चलाउन गोरा समूदायको नश्लवादी चिन्तन हो।’

यादवले देशमा संघीयता स्थापना पश्चात तीनवटै तहको निर्वाचन सम्पन्‍न भएपनि केन्द्र सरकारले प्रदेशको आर्थिक, शासन प्रशासन, श्रोत सधान प्रदेशलाई हस्तान्तरण नगरी संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

अध्यक्ष यादवले विना श्रोत साधनको स्थानीय तहलाई शिक्षा र स्वास्थ्य जस्ता संवेदनशिल विषयको जिम्मेवारी सुम्पिएर केन्द्र सरकारले ठुलो गल्ति गरेको बताए।उनले भने, ‘प्रदेश सरकार वा केन्द्र सरकारले नै शिक्षा र स्वास्थ्य सेवाको सञ्चालन गर्नुपर्थ्यो तर, सरकारले साधन र श्रोत नै नभएको स्थानीय तहलाई शिक्षा र स्वास्थ्य जिम्मेवारी दिएर गलत निर्णय गरेको छ’।

सत्रमा उपस्थित भएका यादवले तराई मधेशमा भएको नरसंहारको समयमा जबरजस्ती लादिएको नेपालको संविधान संशोधन विना स्विकार नहुने बताए।
उनले भने, ‘देशमा संघीयता, स्थानीय, प्रदेश र संघको निर्वाचन पनि भयो, तर यसले सबै समस्या सामाधान भयो भने सोच्नु मुर्खता हुन्छ, अहिले पनि धेरै काम बाँकी छ, जून यहाँको जनताको लागि आवश्यक छ।’

अध्यक्ष यादवले सरकारको पहिलो जिम्मेवारी भनेको संविधान संशोधन गरेर संघीय प्रणालीलाई मजबुत बनाउनु, दोश्रो स्थानीय तहको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्नु र अहिले हावाको भरमा चलिरहेको प्रादेशिक सरकारलाई शासन प्रशासन, श्रोत साधन र संघीयतालाई मजबुत बनाउनु सरकार जिम्मेवारी भएको बताए।

उनले संघीय गणतन्त्रलाई स्थापित गराउन, संविधान संशोधन गर्न सरकारलाई समर्थन गरे पनि सरकारले संघीयता विरोध कार्य गरिरहेको आरोप लगाएका छन्।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी उपस्थित कार्यक्रममा अध्यक्ष यादवले २ नम्बरी प्रदेशको धब्बा लागेको प्रदेशलाई देशकै १ नम्बरमा कुदाउन आग्रह गरे।उनले ईतिहासमै पहिलो पटक २ नं. प्रदेशमा मधेशी सरकार भएकोले जनतालाई आफ्नो सरकारको अनुभुति गराउन विकास र समृद्धिका लागि गति दिनुपर्ने आवश्यक औल्याए।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको शुक्रवार भएको अधिवेशनको उद्घाटनशत्रमा बोल्दै अध्यक्ष यादवले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुलाई औंल्याउँदै प्रदेशमाथी लागेको २ नम्बरको स्टिकर हटाउन आग्रह समेत गरेका छन्।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष वालकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा फोरम अध्यक्ष यादव, मुख्यमन्त्री लालबाबु राउत, संघका सांसदहरु डा. सुरेन्द्र यादव, उमाशंकर अरगरिया, संघीय मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सरोज कुशवाहा, सांसदहरु रामअशिष यादव, शैलेन्द्र यादव सहितका व्यक्तिहरुलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?