
जकनपुरधाम– शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा चिट चोर्न नपाएको भन्दै जनकपुरमा परीक्षार्थीले क्याम्पसमा ढुंगामुढा गरेका छन् ।
पहिलो दिनको परीक्षा दिएर बाहिर निस्केका परीक्षार्थीले जनकपुरको धनुषा साईन्स क्याम्पस र मोडेल क्याम्पसमा ढुंगामुढा गरेका हुन् । कलेज व्यवस्थापन विरुद्ध उनीहरुले नाराबाजी समेत गरेका छन् । ढुंगामुढा गर्ने एक जनना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरमा अत्याधिक कडाई गरेको भन्दै आक्रोसित भएका परीक्षार्थीले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा बढि नै कडाई गरेको बताए ।
जनकपुरमा विगत वर्षहरुमा अमर्यादित रुपमा परीक्षा भएको र परीक्षार्थीले चीट चोरेको भरमा पास गरेको गुनासो थियो । परीक्षा हलमा चिट लान नपाएपछि परीक्षार्थी रिसाएको प्रहरीले जनाएको छ ।