असिना पानीलाई बेपरवाह गर्दै मनाइयो रातो मच्छिन्द्रनाथको जात्रा

असिना पानीलाई बेपरवाह गर्दै मनाइयो रातो मच्छिन्द्रनाथको जात्रा
+
-

ललितपुर- शुक्रबार रातो मच्छिन्द्रनाथको जात्रा असिना पानीमै रुझेर सम्पन्‍न गरिएको छ।

मच्छिन्द्रनाथको रथलाई तानेरै लगनखेल पुर्‍याएको जात्रा हेर्न सैयौको भीड लागेको थियो।

जात्रामा रथबाट खसालको नरिवल लिन मानिसहरु असिना र पानीलाई समेत वेवास्ता गरेर पर्खिरहेका थिए।

रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ।

रथ निर्माणका लागि विभिन्‍न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा झण्डै रु २० लाख गरेर रु ७० लाख पुग्ने अनुमान गुठी संस्थान ललितपुर शाखाको छ।

वर्षेनी पाँचदेखि १० प्रतिशतको हाराहारीमा खर्च बढ्ने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए। डोरी र बेतमा वर्षेनी पाँच प्रतिशतका दरले रकमेको ज्याला पनि बढिरहेको छ । यस वर्ष यँवाल र बाराहीको ज्याला १० प्रतिशतले वृद्धि भएको छ।

पुल्चोकस्थित रथ निर्माणमा काम गर्नेहरुको खाजा खर्चमा झण्डै ३० देखि ४० प्रतिशत बढेको जानकारी दिंदै उनले भने, ‘सबै कुरा महँगो भइरहेकाले बढी बजेट आवश्यक भएको हो।”

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?