‘प्रजातन्त्रको सुदृढिकरणमा नागरिक शिक्षाको खाँचो’

‘प्रजातन्त्रको सुदृढिकरणमा नागरिक शिक्षाको खाँचो’
+
-

जनकपुरधाम- प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

एफईएस नेपाल तथा सेट्स नेपालको आयोजनामा प्रजातन्त्रको सुद्धृढिकरणमा नागरिक शिक्षाको भुमिका बिषयक अन्तरक्रियामा प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढिकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेको बताए।प्रजातन्त्रको रक्षा तथा सुदृढिकरण गर्नको लागि नागरिक शिक्षाको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ।

उनले प्रदेश सरकारबाट हुने कमी कमजोरीलाई बेला बेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आआफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने पनि बताएका छन्। कार्यक्रममा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको सँरक्षण गरी अगाडी बढ्न सकेमा देश समृद्ध हुने बताए।

यस्तै, प्रदेश नं. २ मा सिँचाईको व्यबस्था गर्न सकिए यो प्रदेश कृषि क्रान्तिको क्षेत्रमा अग्र स्थानमा रहने पनि उनको भनाई थियो।१५ र १६ गते दुई दिन सम्म चल्ने सो कार्यक्रममा अधिँकाशले प्रजातन्त्रको सुदृढिकरणमा नागरिक शिक्षाको खाँचो रहेको औल्याएका थिए।

कार्यक्रममा प्रदेश नं. २ का मुख्य न्याधिवक्ता दिपेन्द्र झा, एफईएस नेपालका कन्ट्री डाईरेक्टर जर्मन नागरिक ऐनेट स्लीस्ट, पुर्व मन्त्री यदुवँश झा, सरस्वती चौधरी, शितल झा, बिभिन्न राजनितिक पार्टीका प्रतिनिधि, अधिवक्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

जनकपुरमा जारी दुई दिने सो कार्यक्रममा अधिवक्ता रेखा झा र चन्द्रदेव भट्टले छुट्टा छुट्टै २ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?