व्यवसायीको विरोधकाबीच रसुवा भन्सारले दुई सातामै पूरा गर्‍यो लक्ष्‍य

व्यवसायीको विरोधकाबीच रसुवा भन्सारले दुई सातामै पूरा गर्‍यो लक्ष्‍य
+
-

रसुवागढी- रसुवा भन्सार कार्यालयले बैशाख महिनाको लक्ष्य दुई सातामै पुरा गरेको छ।  वैशाख महिनाका लागि ३२ करोड ६७ लाख रुपैयाँको लक्ष्य पाएको भन्सार कार्यालयले १४ दिनमै ३५ करोड ५२ लाख रुपैयाँ संकलन गरेको हो।

भन्सार मूल्यांकनमा भएको कडाई हुँदा १४ दिनमै राजस्व संकलन भएको बताईएको छ। रसुवा भन्सार कार्यालय प्रमुख गोपाल कोइराला विगतमा वीरगञ्ज भन्सारबाट निकासी हुने टेलिकमका सामानहरु रसुवाबाट आउँदा १४ दिनमै लक्ष्य पुरा भएको बताउँछन्। कोईरालाले भने, ‘चिन तर्फको सिमा नाका बन्द हुँदा फागुन र चैतमा पनि धेरै सामान आउन सकेको थिएन, अहिले ती सामान आउँदा पनि राजस्व बढेको हो।’

अर्थमन्त्री युवराज खतिवडाको निर्देशन पछि भन्सार मूल्यांकन प्रक्रियामा भएको परिवर्तनले राजस्व बढाउन सहयोग गरेको उनको भनाई छ।

खतिवडाले अर्थमन्त्री भए लगत्तै सन्धर्भ मूल्य सूची (रिफरेन्स मूल्य) का आधारमा भन्सार मूल्यांकन गर्न निर्देशन दिएका थिए। चैत मसान्त सम्म लक्ष्य भन्दा कम राजस्व संकलन हुँदा सरकार राजस्व संकलनको वैकल्पिक कार्ययोजना पनि कार्यान्वयनमा ल्याएको छ।

चालु आर्थिक वर्षमा रसुवा भन्सारलाई ३ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ।

बैशाख मसान्तसम्मको लक्ष्य भने २ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको छ।

चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्न रसुवा भन्सारले अबको ८० दिनमा ९७ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गर्नु पर्ने छ।

कोईरालाले बैशाख १४ गते सम्मको लक्ष्य २ अर्ब ८५ करोड रुपैयाँ भएकोमा २ अर्ब ६५ करोड संकलन भएको बताए।

बैशाख मसान्तसम्मको लक्ष्य यो महिनामा पुरा हुने भन्दै कोईरालाले भने, ‘केहि केहि सामानमा व्यवसायीको असन्तुष्टि भए पनि भन्सार मूल्यांकनका बिषयमा कुनै सम्झौता हुन् नसक्ने बताए।

माला बनाउने दाना, लत्ताकपडा, जुत्ता लगायतका समान मूल्यांकनका बिषयमा व्यवसायी र भन्सार कार्यालय बीच विवाद हुँदै आएको छ।

ब्रान्डेड कम्पनीको  ट्याग लागेका सामानको मूल्यांकन भन्सार कार्यलयले इन्टरनेटमा मूल्य हेर्दै गर्न थाले पछि व्यवसायीहरुको असन्तुष्टि बढेको हो।

ब्रान्डेड कम्पनीको ट्याग लागेका सामानको मूल्यांकनका सम्झौता नहुने कोईराला बताउँछन्। उनले भने, ‘विगतका के भयो भन्दा पनि अब ब्रान्डेड कम्पनीको ट्याग लागेर आउने सामान ब्रान्डेड नै भनेर मूल्यांकन गर्नेछौं।’

५ महिना लक्ष्य पुग्दा ४ महिना पुगेन

साउन महिनामा २५ करोड ४१ लाख रुपैयाँ लक्ष्य रहेकोमा  ६ करोड ४३ लाख रुपैयाँ संकलन भएको थियो

साउनमा लक्ष्य भन्दा ७४.३ प्रतिशत कम राजस्व उठाएको रसुवा नाकाले भदौंमा भने लक्ष्य भन्दा ६७.२९ प्रतिशत बढी राजस्व संकलन गरेको थियो। भदौं महिनाको लक्ष्य २९ करोड ४ लाख रुपैयाँ भएकोमा ४८ करोड ५८ लाख रुपैयाँ संकलन भएको थियो।

असोजमा लक्ष्य भन्दा ५९.९ प्रतिशत कम राजस्व संकलन हुँदा कार्तिकमा भने लक्ष्य भन्दा १५.६५ प्रतिशत बढी राजस्व संकलन भएको थियो। असोजमा २५ करोड ४१ लाख रुपैयाँ लक्ष्य भएकोमा १० करोड ४४ लाख रुपैयाँ मात्र संकलन हुँदा कातिकमा भने २९ करोड ४ लाख भएकोमा ३३ करोड ५९ लाख रुपैयाँ संकलन भएको थियो।

साउन देखि नै दशैं तिहारका लागी धेरै सामान आउँने भएकाले भन्सारमा हुने अनियमितताले लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार विभागकै कर्मचारी बताउँछन्।

मङ्सिरमा लक्ष्य भन्दा ६.१३ प्रतिशत, पुसमा ७.०१ प्रतिशत, माघमा ५.१६ प्रतिशत बढी राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालयले फागुनमा लक्ष्य भन्दा ४४.४३ प्रतिशत र चैतमा ३६.६२ प्रतिशत कम राजस्व संकलन गरेको थियो।

फागुनको पहिलो साता देखि सुरु भएको चाईनिज नयाँ वर्ष र लोसारका कारण फागुन र चैतमा लक्ष्य बमोजीम राजस्व संकलन हुन नसकेको भन्सार प्रमुख कोइरालाले बताए।

मङ्सिर, पुस र माघमा २९ करोड ४ लाख रुपैयाँ लक्ष्य भएकोमा मङ्सिरमा ३० करोड ८ लाख रुपैयाँ, पुसमा ३१ करोड ८ लाख रुपैयाँ र माघमा ३० करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

फागुन र चैतमा ३२ करोड ६७ लाख रुपैयाँ लक्ष्य दिइएकोमा फागुनमा १८ करोड १५ लाख र चैतमा २० करोड ७० लाख रुपैयाँ संकलन भएको थियो।

रसुवा भन्सारलाई जेठमा ३२ करोड ६७ लाख रुपैयाँ र असारमा ३६ करोड ३० लाख रुपैयाँ उठाउनु पर्ने लक्ष्य दिइएको छ।

यो पनि पढ्नुहोस्

रसुवा नाकामा कडाई गरेको भन्दै व्यवसायीको बिरोध, सिमामा रोकिए ट्रक

रसुवा नाकामा कडाई गरेको भन्दै व्यवसायीको बिरोध, सिमामा रोकिए ट्रक

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’