जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुद्ध जयन्ती तथा विश्व श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन्। २५६२ औं बुद्ध जयन्तीको अवसरमा प्रमुख कायस्थले देशवासीमा शान्तिको कामना गरेको शुभकामना सन्देशमा उल्लेख छ।
बैशाख शुक्ल पुर्णिमाको दिन गौतम बुद्धको जन्म भएको स्मरणमा मनाइने बुद्ध जयन्तीको शुभकामना सन्देशमा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त समाजलाई एकताको सुत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याउने शुभकामना व्यक्त गरेको उल्लेख छ।
यस्तै, नेपालीमा श्रमिकसहरुको अधिकार स्थापित भएको दिनको स्मरणमा प्रत्येक वर्ष मई १ मा मनाईने अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा प्रमुख कायस्थले शुभकामना दिएका छन्।
सोमवार शुभकामना सन्देश जारी गरी उनले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली श्रमजिविमा सुख, शान्ति, समृद्धि एवम श्रम अधिकारको सुनिश्चितताको लागि कामना समेत गरेका छन्।