असिना पानीको असर

असिना पानीले व्‍यावसायिक तरकारीमा ठूलो क्षति

असिना पानीले व्‍यावसायिक तरकारीमा ठूलो क्षति
+
-

दाङ-लमही नगरपालिका वडा नं. ३ टिकुलीगढमा किसानहरुले गरेको व्‍यावसायिक तरकारी खेतिमा असीना पानीले ठूलो क्षति पुर्‍याएको छ। किसानको लगानी खेर गएको छ।असीनाले थिचेपछि यहाँ किसानले गरेको व्‍यावसायिक तरकारी खेतीमा ठूलो क्षती पुगेको हो। तर, क्षतिको एकिन विवरण भने कसैसँग आईपुगेको छैन्।

सोमवार सार्वजनिक विदा परेको भन्दै किसानले लगाएको तरकारी वालीमा असीनाले पुर्‍याएको क्षतीको विवरण संकलन गर्न नसकिनेको र किसानहरु पनि सम्पर्कमा नआएको सम्वन्धित स्थानीय सरकारका प्रमुखहरुले वताएका छन्।

जिल्ला कृषि विकास कार्यालय दाङले यस्ता क्षतिका विवरणहरु संकलन गर्ने गरेको थियो। तर, अहिले कृषि कार्यालयमा जनशक्ति छैन्। जसले गर्दा यसपालि असिना पानीले तरकारी वालीमा पुर्‍याएको क्षतीको विवरण प्राप्त नभएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिपककुमार शर्माले बताए।

‘हामीसँग जनशक्ति छैन्, अव सवै स्थानी तहले क्षतीको विवरणहरु राख्नु पर्छ’उनले भने–‘स्थानीय तहमा कृषि शाखा छ। त्यहाँ यस वारेमा विवरणहरु होलान। हामी कहाँ आएको छैन् ।’ विपद् बाट तरकारी तथा अन्न वालीमा पुग्ने क्षतीको आधारमा किसानहरुले यस अघि राहत पाउदै आएका थिए।

तर, स्थानीय तहसँग पनि तरकारी वालीमा पुगेको क्षतीको विवरण अझै प्राप्त भएको छैन्। ‘तरकारीमा कती क्षती पुग्यो त्यस बारेमा विवरण आएको छैन’लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने-‘किसानहरुले पनि सम्पर्क राख्नु भएको छैन्, उहाँहरुलाई सम्पर्क राख्न अनुरोध गर्दछु र हाम्रो नगरपालिकामा रहेको कृषि शाखाले काम गर्दै छ।’

सोमवार सार्वजनिक विदा परेकाले विवरणहरु संकलन गर्न पुग्न नसकिएको लमही नगरपालिकामा रहेको कृषि शाखाका कृषि प्रसार अधिकृ महेशप्रसाद अधिकारीले बताए। यसैगरी असिना पानिले राप्ती गाउँपालिकाको वगरापुर, सगरापुर लगाएत अन्य ठाउँमा लगाइएको तरकारी वालीमा समेत असर पुगेको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले मंगलबार सम्म विवरणहरु आउने जानकारी दिए। ‘किसानहरुको तरकारी वालीमा असीनाले असर पुर्‍याएको छ। तर, यसको विवरण मंगलबार सम्म आउछ’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?