मनहर्वाका महिला भन्छन्- याे गाउँका पुरुष ४० वर्षभन्दा बढी बाँच्दैनन्

मनहर्वाका महिला भन्छन्- याे गाउँका पुरुष ४० वर्षभन्दा बढी बाँच्दैनन्
+
-

गौशाला–महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी नबाँचेको पाइएको छ ।

जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका बासिन्दा बताउँछन् । उनीहरुले मनहर्वाका मुसहर दैनिक अत्यधिक रक्सी खाने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी नबाँचेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।

त्यहाँका मुसहर बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाको रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु ४० वर्षमै मर्ने गरेको स्थानीय तुलसी सदाले बताइन् ।

दुई वर्ष पहिले मात्र ३३ वर्षको उमेरमा अत्यधिक रक्सी खाएकै कारण स्थानीय दुखा सदाको मृत्यु भएको सुनाउँदै उनकी पत्नी इन्दु सदाले यहाँका कुनै पनि मुसहर ४० वर्षभन्दा बढी बाँच्ने नगरेको एकमात्र कारण अत्यधिक रक्सी सेवन गर्नु रहेको बताइन् ।

मनहर्वा बस्तीका पुरुष मुसहर दिनरात रक्सी खाने, झै झगडा गर्ने, श्रीमती कुट्ने, बालबालिकालाई नपढाउने र दैनिक रोजगारीबाट आर्जन गरेको अधिकांश पैसा रक्सीमा खर्च गर्नाले उनीहरुको अवस्था अति नै दयनीय रहेको महिलाले सुनाए ।

त्यस बस्तीमा कुनै पनि मुसहरको घरमा टिनको छानो वा पक्की घर छैन । सबैका घर खर, बाँस तथा झारपातबाट बनेको र सबैको छानो चुहिने अवस्थाका छन् ।

दैनिक रक्सी खाएका पतिबाट पीडित तथा अनेकौँ समस्याबाट पिल्सिएका त्यस बस्तीका महिलाले यस बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?