बुद्ध सम्झँदै यात्रा हाइकु

बुद्ध सम्झँदै यात्रा हाइकु
+
-

नेपाल हाइकु केन्द्रको अायोजनामा बुद्ध पूर्णिमाका अवसरमा एक दर्जन नेपाली स्रष्टाहरुले शान्तिवन, गोदावरीमा अवस्थित भगवान बुद्धको २५ फिट अग्लो प्रतिमा अगाडि यात्रा हाइकु श्रृखंला-३ अन्तरगत वसन्त ऋतुका अवसरमा शान्ति विशेष हाइकु लेखन तथा वाचन गरे।

संस्थाका अध्यक्ष प्रा. रामकुमार पाँडेले यात्रा हाइकुको सैद्धान्तिक अवधारणा प्रष्ट्याउँदै ऋतु फेरिँदा प्राकृतिक विम्वहरु पनि फेरिँदै जान्छन् र यात्राका ती अनुभवहरु सर्जकबाट अाफ्ना सिर्जनामा मुखरित हुँदा तत्कालिन परिवेशको प्रतिविम्व देखिने धारणा राखे।

 नेहाका उपाध्यक्ष मित्रबन्धु पाैडेलले शान्तिवनको अाध्यात्मिक महत्वमाथि प्रकाश पार्दै यसका अभियन्ता रत्न विशेषज्ञ डा. विजय वज्राचार्यले हरेक मानवका मन र मष्तिष्कमा शान्तिप्रेम बढाउन सर्वप्रथम भोकरहित वातावरण सिर्जना गर्न शान्तिवन अभियानको परिकल्पना गरेको बताए।

 एक घन्टाको स्थलगत अवलोकन र लेखनपछि स्रष्टाहरुले भगवान बुद्ध, शान्ति तथा प्राकृतिक विम्व प्रयोग गरी १०/१० हाइकु वाचन गरेका थिए। केही प्रभावी बान्कीहरु:

 शान्तिका लागि

थुप्रै खुड्किला चढी

अाकाश छोएँ। (रामकुमार पाँडे)

 चिनेँ चिनिनँ

मभित्रको बुद्धत्व

बाहिर खोज्छु। (मित्रबन्धु पोेडेल)

तपस्या किन?

मनले मन बुझ्नू

बुद्धत्व प्राप्त। (सुषमा मानन्धर)

 अशान्त मन

तथागत साथमा

निर्वाण प्राप्ति। (श्याम रिमाल)

बलेका बत्ती

छरिएका अक्षता

बुद्धका पाउ। (सुमी लोहनी)

 नियाली बसे

अर्धमूदित दृष्टि

मानव बस्ती। (ऋषिराम बराल)

ज्ञान केन्द्रित

शान्तिको सदवीज

सिक्काको फेरो। (किरण पाैडेल)

 गोदावरीमा

अाकाशमनि स्वर्ग

डाँडामा बुद्ध। (शिरोमणि दवाडी)

बुद्ध हेर्दैछन्

रुखहरु नियाल्दै

शान्ति कहाँ छ? (गुप्तबहादुर श्रेष्ठ)

 उडेको मन

तलतल हेर्दा त

मनै फुरुङ्ग। (हेमाङ्ग गिरी)

 अामा नेपाल

बुद्ध जन्मेको देश

सधैँ शान्त होस् । (सुवर्णराम जोशी)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?