कोही त भने जहाजमा हररर…. कोही त भने पसिना तररर…. (फोटो फिचर)

कोही त भने जहाजमा हररर…. कोही त भने पसिना तररर…. (फोटो फिचर)
+
-

काठमाडौँ- १ सय २९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विभिन्न मजदुर संगठनहरुले काठमाडौमा यस अवसरमा र्‍याली निकालेका छन्।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो।

सरकारले यस अवसरमा सार्वजनिक विदासमेत दिँदै आएको छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन सुरु गरिएको हो।

आजको दिन मजदुर दिवस मनाइरहँदा काम गरेर खाने वर्गले भने आफूहरुलाई मजदुर दिवसको वारेका जानकारी नभएको बताएका छन्।

चितवनका सुनिल दराइ काठमाडौंमा लेबर काम गर्छन्। मजदुर दिवसको दिन पनि उनी आफ्नो मजदुरीमै व्यस्त देखिए। उनले आफूलाई मजदुर दिवसको बारेमा केही थाहा नभएको बताए।

त्यस्तै सर्लाहीका धर्मेन्द्र शाह पनि आफूलाई यस दिवसको बारेका जानकारी नभएको बताउँछन्। मजदुर दिवसको दिन आफ्नो मजदूरीमै लागिपरेका छन्।

काठमाडौँका सडकमा कोही मजदुर दिवसको अवसरमा तामझामका साथ र्‍यालीसहितका विभिन्न कार्यक्रम गरेर मजदुर दिवस मनाउन व्यस्त छन् भने यही काठमाडौँमा त्यस्ता धेरै मजदुर छन्, जसलाई यस दिवसबारे केही थाहा छैन।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले मजदूर दिवस मनाउँदै गरेका र मजदूर दिवसबारे अत्तोपत्तो नभएका दुवै थरिको तस्बिर आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?